मौलापुर नपाले दिन्छ जनतालाई निःशुल्क बिजुली पानी
रौतहट । रौतहट स्थित मौलापुर नगरपालिकाले नागरिकको विद्युत महशुल बापत दुई करोड बढी रुपैयाँ नेपाल विद्युत प्राधिकरणलाई बुझाएको छ। सम्पूर्ण कर संगै निःशुल्क बिजुली पानीको लागी मधेश प्रदेशमै छुट्टै स्थान बनाउन सफल मौलापुरले निःशुल्क विद्युत कार्यक्रमअन्तर्गत नगरवासीहरूको विद्युत महसुल बापत उक्त रकम बुझाएको हो।
मेयर रिना कुमारी साहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले शुक्रवार ३५ लाख बराबरको चेक नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका आय प्रमुख सुरेश प्रसाद चौधरीलाई हस्तान्तरण गरेका थिए। यही पुस, माघ, र फाल्गुन महिनाका घरायसी तथा कृषि विद्युत मिटरहरूको महसुल भुक्तानी हुने छ।
चालु आर्थिक वर्ष २०८१/०८२ मा हालसम्म मौलापुर नगरपालिकाले २ करोड २० लाख रुपैयाँको विद्युत महसुल बापत प्राधिकरण लाई बुझाएको अधिकृत साहले बताएका छन् ।
मौलापुर नगरपालिकाले नयाँ विद्युत मिटर जडान गरेका उपभोक्ताहरूलाई नागरिकता र ग्राहक नम्बरसहित निवेदन दिएर निःशुल्क ग्राहक सूचीमा समावेश हुन आग्रह गरेको छ।
मौलापुर नगरपालिकामा रिना साहले मेयरको जिम्मेवारी पाएदेखि नै त्यहाँ बाट पाउने सम्पूर्ण सुविधाका साथै बिजुली र पानी समेत निःशुल्क गरेकी छिन्।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
