काठमाडौँ । आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य एक हजार चार सय ले बढेको छ । आज सुन तोलामा एक लाख ५१ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि मंगलबार सुन तोलामा एक लाख ४९ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी १७६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


