प्रभासको रेकर्ड ताेडयाे रामचरणको ‘गेम चेन्जर’ले, झन्डै २ सय कराेडकाे ओपनिङ
हैदाराबाद । साउथ सुपरस्टार राम चरण र कियारा आडवाणीको बहुप्रतिक्षित फिल्म ‘गेम चेन्जर’ रिलिज भइसकेको छ । लामो प्रतिक्षापछि यो चलचित्र जनवरी १० मा सिनेमा हलमा रिलिज भएको हो । राजनीतिक नाटकलाई दर्शकले रुचाएका छन् र मिश्रित प्रतिक्रियाका बीच फिल्मले बक्स अफिसमा राम्रो सुरुवात पनि गरेको छ ।
सैकनिल्कको रिपोर्ट अनुसार ‘गेम चेन्जर’ ले भारतमा ५१.२५ करोड रुपैयाँमा खाता खोलेको थियो । अहिले फिल्मको विश्वव्यापी ओपनिङ कलेक्सन सार्वजनिक भएको छ । ‘गेम चेन्जर’ को प्रोडक्सन हाउस श्री वेंकटेश्वर क्रिएशन्सले फिल्मको पहिलो दिनको विश्वव्यापी संग्रह आफ्नो सामाजिक सञ्जालमा शेयर गरेर त्यो जानकारी दिएको हो ।
‘गेम चेन्जर’ को प्रोडक्सन हाउसले फिल्मको रामचरणको पोस्टर सेयर गरेको छ । जसमा फिल्मले पहिलो दिन विश्वभर १८६ करोडको शानदार कलेक्सन गरेको लेखिएको छ । योसँगै क्याप्सनमा लेखिएको छ– ‘थिएटरहरूमा राजा साइज मनोरन्जनको प्रवेश, २०२५ को उत्कृष्ट मनोरञ्जन, ‘गेम चेन्जर’ ले बक्स अफिसमा ब्लकबस्टर ओपनिङ गर्यो। ब्लकबस्टर ‘गेम चेन्जर’ ले पहिलो दिन विश्वभर १८६ करोड रुपैयाँ कमाएको छ ।’
जसअनुसार १८६ करोडको बलियो विश्वव्यापी ओपनिङ कलेक्सनका साथ ‘गेम चेन्जर’ले प्रभास स्टारर फिल्म ‘कल्की २८९८ एडी’ लाई पछि पारेको छ । गत वर्ष हलमा रिलिज भएको यो पिरियड ड्रामा फिल्मले विश्वभर १८० करोडको मात्रै ओपनिङ गरेको थियो ।
एस. शंकर निर्देशित फिल्म ‘गेम चेन्जर’लाई श्री वेंकटेश्वर क्रिएशन्सको ब्यानरमा दिल राजुले निर्माण गरेका हुन् । फिल्ममा रामचरण र कियारा आडवाणीसँगै तेजा, एसजे सूर्याह, नस्सर, ब्रह्मानन्दम, भेनेला किशोर र मुरली शर्मा महत्वपूर्ण भूमिकामा देखिएका छन् ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

