महाकुम्भ मेला सुरूः ६० लाखले गरे स्नान, एप्पलका स्टिभ जब्सकी श्रीमतीले पनि गरिन दर्शन
प्रयागराज । भारतको प्रयागराजमा महाकुम्भ सुरु भएको छ । आज पौष पूर्णिमाको पहिलो स्नान सुरू भएको हो । बिहान ९ः३० बजेसम्म ६० लाख भक्तजनले स्नान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आज मात्रै १ करोड भक्तजन आउने अपेक्षा उत्तर प्रदेश सरकारले गरेको छ । भक्तजनमा २० क्विन्टल फूल चढाइनेछ । १४४ वर्षमा दुर्लभ खगोलीय संयोजनमा महाकुम्भ हुन लागेको हो ।
प्रयागराजमा देशका कुना–कुनाबाट भक्तजन आउने क्रम जारी रहेको छ । कुम्भमा स्नान गर्न विदेशी भक्तजनको भीड लागेको छ । स्थानिय प्रशासनका अनुसार जर्मनी, ब्राजिल, रुसलगायत २० देशबाट भक्तजन आइ पुगेका छन् । संगममा हरेक घण्टा २ लाख भक्तजन स्नान गर्ने गरी ब्यवस्था मिलाइएकाे छ ।
आजदेखि भक्तजनले ४५ दिनसम्म चल्ने कल्पवास सुरु गर्नेछन् । संगममा प्रवेश गर्ने सबै बाटोमा भक्तजनको भीड लागेको छ । सवारी साधनको प्रवेश बन्द गरिएको छ । भक्तजनहरू बस र रेलवे स्टेशनबाट १०–१२ किलोमिटर पैदल हिँडेर संगम पुगिरहेका छन् । ६० हजार सैनिक सुरक्षा व्यवस्था कायम गर्न खटिएका छन् ।
साथै, एप्पलका सह संस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल जब्स महाकुम्भमा पुगेकी छन् । उनले निरञ्जनी अखाडामा अनुष्ठान गरेकी छिन । अब कल्पवास पनि गर्ने छिन्।
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

