रामचरणको गेम चेञ्जरलाइ टक्कर दिदैँ अघि बढयो बालकृष्णको ‘डाकु महाराज’
मुम्बइ । बक्स अफिसमा दुई फिल्मबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । दुवै फिल्म साउथका हुन् । एउटा फिल्म गेम चेन्जर र अर्को फिल्म हो– डाकु महाराज । साउथका उत्कृष्ट स्टार मानिने अभिनेता नन्दमुरी बालकृष्णको फिल्म डाकु महाराजले बक्स अफिसमा अचम्मको व्यापार गरिरहेको छ ।
फिल्मले रिलिजको पहिलो दुई दिनमा करिब ४० करोडको व्यापार गरेर दर्शकलाई चकित बनाएको छ । मकर संक्रान्तिको बिदामा चलचित्रले बढी नाफा कमाउने बताइएको छ । डाकु महाराज आइतबार नै रिलिज भएको फिल्मले पहिलो दिन नै करिब २५ करोड ३५ लाख कमाएको थियो भने दोस्रो दिन १३.८ करोड कमाएको छ र यसको कुल कमाई लगभग ४० करोड बनाएको छ।
सो फिल्मलाई लिएर निकै सकारात्मक प्रतिक्रिया आइरहेको कारण दक्षिण दर्शक फिल्म हेर्न आउने गरेको बताइएको छ । बबी कोलीको निर्देशनमा बनेको यो एक्सन फिल्म रामचरणको भर्खरै रिलिज भएको गेम चेन्जरको तुलनामा कम आंकलन गरिएको थियो किनभने यसको धेरै प्रचार गरिएको थिएन। यद्यपि गेम चेन्जरको बजेट डाकु महाराजको भन्दा धेरै थियो, तर पनि डाकु महाराजले दुई दिनमै राम्रो कमाई गरेर बक्स अफिसको खेल नै बदलिदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
फिल्ममा नन्दमुरी बालकृष्ण बाहेक बबी देओल, श्रद्धा श्रीनाथ, प्रज्ञा जैसवाल र मार्कण्ड देशपांडेको अभिनय रहेको छ । तर यस्तो अवस्थामा नन्दमुरी बालकृष्णको यो एक्सन थ्रिलर धेरै कमाई गर्न सफल भएको छ । कमाईको क्रम यस्तै रह्यो भने फिल्मले एक हप्तामा सय करोड कमाउन सक्ने अहिले नै बताइएको छ । फिल्ममा डकैत राजाको भूमिका निभाएका बालकृष्णको यो १०९औँ फिल्म हो । चलचित्रको कथा एक आम मानिस चम्बलको डाँकु बन्ने यात्रासँग जोडिएको छ ।
सम्बन्धित समाचार
चितवनको राप्ती नदीको किनारमा ‘द पोस्टकार्ड’ लक्जरी रिसोर्ट खुल्दै
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
ट्रेन्डिङ
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि सुरु
क्यूजे मोटर नेपालद्वारा पारस खड्का ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त
आठौँ कृषि यान्त्रीकरण एक्स्पोको आज दोस्रो दिन, पहिलो दिन ९ हजार ६६६ ले गरे अवलोकन
