सन्दीप लामिछानेद्वारा खेल जीवनबाट सन्यास लिने संकेत
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले खेल जीवनबाट सन्यास लिने संकेत गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफ्ना समर्थक र शुभचिन्तकलाई धन्यवाद व्यक्त गर्दै आफ्नो भावनात्मक निर्णय सार्वजनिक गरेका हुन् ।
लामिछानेले फेसबुकमा लेखेका छन्, “धन्यवाद, सबैलाई, सबै कुराको लागि । यो देश र यस सुन्दर राष्ट्रका विश्वासयोग्य मानिसहरू सधैं मेरो साथमा उपस्थित छन् । मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्दै तपाईंको माया र प्रीतिहीन मेरो लागि संसारको अर्थ छ ।”
उक्त पोस्टले उनका प्रशंसकहरूलाई दुविधामा पारेको छ । कतिपयले यसलाई उनले खेल जीवनबाट पूर्ण रूपमा सन्यास लिने संकेतका रूपमा बुझेका छन् भने केहीले यो पोस्टलाई अन्यथा लिएको देखिन्छ । पोस्टमा “ह्यापी रिटायरमेन्ट” भन्ने शुभकामना दिनेहरू पनि छन् भने केहीले यसलाई “नशाका तालमा राति ११ बजे लेखिएको” भन्दै हल्का रूपमा टिप्पणी गरेका छन् ।
यसै पोस्टमा केही फ्यानहरूले लामिछानेले आफ्ना पछिल्ला निराशाजनक प्रदर्शनपछि निराशामा आधारित यो निर्णय लिएको अडकल गरेका छन् । हालै सम्पन्न नेपाल प्रिमियर लिगमा लामिछानेको प्रदर्शन अपेक्षाकृत कमजोर रह्यो । जय ट्रफीमा पनि आशातीत प्रदर्शन गर्न नसक्दा उनले खेल जीवन समाप्त गर्ने सोच बनाएको अनुमान गरिएको छ ।
लामिछानेको यो कदमले नेपाली क्रिकेटमा मिश्रित प्रतिक्रिया उत्पन्न गरेको छ । उनको निर्णयले समर्थकहरूमा गहिरो छाप छोडेको छ भने उनका फ्यानहरूले भविष्यमा उनले जुनसुकै क्षेत्रमा अघि बढेपनि सफलताको कामना गरेका छन् ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

