• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १७ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १८ घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १८ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १९ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १९ घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • २० घण्टा 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • २३ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • १ दिन 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

२०८१ साल माघ १२ देखि १८ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८१, माघ, १२

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा मानसिक परेशानी रहनेछ। कार्यक्षेत्रमा कार्य प्रारम्भ गर्नमा बाधा हुनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। साताको मध्यमा आत्मविश्वासमा वृद्धि हुनेछ साथै नयाँ कार्य प्रारम्भ गर्नमा सफलता मिल्नेछ। धार्मिक र आध्यात्मिक आस्थामा वृद्धि हुनेछ। स्वास्थ्यले साथ दिनेछ। साताको अन्तिममा नयाँ नोकरीमा सफलता मिल्नेछ। जग्गा जमिन जोड्नमा पिताको सहयोग मिल्नेछ। सन्तानलाई लिएर चिन्ता रहनेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा समाजमा मान सम्मान वृद्धि हुनेछ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। प्रेम सम्बन्ध कसिनेछ। साताको मध्यमा कार्यक्षेत्रमा साहसिक कार्य गर्नमा सफल भइनेछ। राजनीतिक प्रभाव बढ्नुको साथै नयाँ जिम्मेवारी मिल्न सक्ला। साताको अन्तिममा पारिवारिक मनमुटाव सुल्झाउनमा सफल भइनेछ। कार्यक्षेत्रमा नयाँ कार्य थाल्नको लागि समय उपयुक्त रहेको छ। गृहणीहरूको गृहकार्यभन्दा धार्मिक कार्यक्रममा रुचि बढ्नेछ। घरमा मांगलिक कार्य हुनाले मन आनन्दित रहनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भ प्रतियोगी परीक्षामा सफलता मिल्नेछ साथै कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन नमिल्ला। साताको मध्यमा समाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ। नयाँ कार्यबाट मनग्य लाभ मिल्नेछ। साहित्य र लेखन कलामा निखारता आउनेछ। साताको अन्तिममा वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। घरमा शुभ वा मांगलिक कार्यको रूपरेखा कोरिनेछ। कार्यक्षेत्रलाई लिएर गरिएको यात्रा सफलतादायक रहनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा आफ्नो रुचि अनुसार कार्य गर्नमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा अधिकारी वर्गहरूको सहयोगले समयमा कार्य सम्पादन गर्नमा सफलता मिल्नेछ। साताको मध्यमा अरुलाई नमागी सल्लाह नदिनुहोस्। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्न गाह्रो हुनेछ। साताको अन्तिममा सेवामूलक कामले समाजमा स्थापित गराउनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको सहयोग मिल्नेछ। व्यापार व्यवसायलाई लिएर दीर्घकालीन योजनाहरू बन्नेछन्।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा मित्रता वा प्रेमको बन्धन कसिने छ। आफन्तहरूको साथ सहयोग मिल्नेछ। राजनैतिक क्षेत्रमा जनसमर्थन बढ्नेछ। अरुलाई सल्लाह दिनदेखि बच्नुहोस्। साताको मध्यमा विद्यार्थीहरूलाई पठनपाठनमा सफलता मिल्नेछ। स्वास्थ्य क्षेत्रमा र सामाजिक सञ्जालमा काम गर्नेहरू व्यक्तिलाई विशेष सफलता मिल्नेछ। साताको अन्तिममा दायित्व निर्वहन गर्नमा बाधा आउनेछ। कार्यक्षेत्रमा एउटा कार्यसम्पादन गरेर नै अर्को कार्य प्रारम्भ गर्नुहोला। स्वास्थ्यमा खानपानको ध्यान दिनुहोला।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
धैर्य र पराक्रममा वृद्धि हुनेछ। लगनशीलताले सफलता मिल्नेछ। कार्यक्षेत्रमा शुभचिन्तकहरूको साथ मिल्नेछ। साताको मध्यमा पुरानो कुराहरूलाई लिएर मनमुटाव रहनेछ। व्यापार व्यवसायमा मित्रहरूको सहयोग मिल्नेछ। साताको अन्तिममा कार्य क्षेत्रमा सन्तानको सहयोग मिल्नेछ। ठेकापट्टाको कामबाट राम्रो लाभ प्राप्त गर्न सकिनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा सञ्चित धनमा वृद्धि हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। विद्यार्थीहरूलाई नयाँ कुरा सिक्नेअवसर मिल्नेछ। साताको मध्यमा व्यापार व्यवसायमा आम्दानी बढ्नेछ। घरपरिवारमा आफूभन्दा सानाको साथ र सहयोग मिल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। साताको अन्तिममा अविवाहितहरूलाई विवाहको प्रस्ताव मिल्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। कार्यक्षेत्रमा कार्यलाई दोहोराएर गर्दा लाभ मिल्नेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा नयाँ कार्यतर्फ अग्रसर भइनेछ। शत्रुहरू परास्त हुनेछन् कार्यक्षेत्रमा उच्च अधिकारीको साथ र सहयोग मिल्नेछ। साताको मध्यमा विद्यार्थीहरूलाई परीक्षामा राम्रो परिणाम मिल्नेछ। कृषी वा पशुपालनबाट मनग्य लाभ मिल्नेछ। साताको अन्तिममा व्यापार विस्तारको लागि थप लगानी लगाउन सक्नुहुनेछ। आफ्नो बोलीले अरुलाई प्रभावित गर्न सक्नुहुनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। विदेशतिर अड्केको धन प्राप्त हुनेछ। विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि वैदेशिक अवसरको रूपरेखा तैयार हुनेछ। साताको मध्यमा कार्यक्षेत्रमा जोखिम निर्णय लिनुभन्दा अघि घरपरिवारमा सल्लाह गरौं। छर छिमेकीहरूसँग मनमुटाव हुन सक्ला। साताको अन्तिममा कार्यक्षेत्रमा कुरा नबुझी अगाडि नबढ्नुहोस्। कार्यक्षेत्रमा विश्वासपात्रहरूले धोखा दिने वा खुट्टा तान्ने प्रयास गर्नेछन्। प्रशासनिक क्षेत्रमा सफलता मिल्नेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा धनलाभका नयाँ अवसरहरू जुट्नेछन्। सुख सुविधामा वृद्धि हुनेछ। गृहणीहरूको घरायसी कामकाजमा समय बित्नेछ। साताको मध्यमा विगतका गल्तीहरूबाट पाठ सिकेर अगाडि बढ्नुहोस्। आफन्तहरूबाट टाढा हुनाले मन खिन्न रहनेछ। कार्यक्षेत्रमा मन अनुकूल कार्य मिल्नाले मन उत्साहित रहनेछ। संगीत वा कलाको क्षेत्रबाट व्यक्तित्व निर्माण गर्न सकिनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा नोकरी वा पेशामा पदोन्नतिका योग छन्। कार्य समयमा सम्पादन हुनाले मन आनन्दित रहनेछ। साताको मध्यमा शेयर बजारबाट मनग्य लाभ प्राप्त होला। विद्यार्थीहरूलाई मार्केटिंग क्षेत्रमा नयाँ अवसर मिल्नेछ। साताको अन्तिममा अरुका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। स्वाभिमानको लागि संघर्ष गर्नुपर्ला। सवारी साधनमा धन खर्च गर्नुपर्ला।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा गाह्रो काम सम्पादन हुनाले मन आनन्दित रहनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। साताको मध्यमा सामाजिक काममा नयाँ जिम्मेवारी मिल्नेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नयाँ नोकरीमा सफलता मिल्नेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। साताको अन्तिममा मेहनतले गर्दा जीवनशैलीमा राम्रो परिवर्तन आउनेछ। शत्रु वा रोगबाट छुटकारा मिल्नेछ। भविष्यलाई लिएर नयाँ योजनाहरू बन्नेछन्।

– ज्याे. पं. धर्मेन्द्र कृष्ण पौडेल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.