राष्ट्र बैंकमा बैंकहरुले ४० अर्ब बैंकिङ प्रणालीबाट तान्दै
काठमाडौं । राष्ट्र बैंकले माघ १३ गते आइतबार बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणबाट रकम झिक्न लागेको हो । यस अघि पुस २१ गते केन्द्रीय बैंकले ५० अर्ब खिच्ने क्रममा बैंकहरुले बुझाएको ४३ अर्ब ८५ करोड आजै परिपक्क हुने भएको छ ।
केन्द्रीय बैंकले आज जारी गरेको निक्षेप संकलन उपकरणको दिउँसो २ बजे अनलाइन बोलकबोल हुने जनाएको छ । निक्षेप संकलनको बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यसको सावाँ तथा ब्याज भुक्तानी आगामी फागुन ४ गते हुनेछ । बोलकबोलबाट यसको ब्याज निर्धारण हुनेछ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
यसअघि गत माघ ९ गते पनि २१ दिने निक्षेप संकलनको माध्यमबाट राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ९० अर्ब खिच्न चाहेकोमा बैंकहरुले ७७ अर्ब ६५ करोड मात्र बुझाएका थिए । जसको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको थियो ।
माघ १३ गतेसम्म राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट तानेको र भुक्तानी दिन बाँकी रकम २ खर्ब ७९ अर्ब ७५ करोड रुपैयाँ छ । निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले खिचेको २ खर्ब ३४ अर्ब ९० करोड रुपैयाँ तथा स्थायी निक्षेप सुविधा (एसडीएफ) मा रहेको ४४ अर्ब ८५ करोड रुपैयाँ परिपक्क हुन बाँकी छ ।

सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
