• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, पुष ०८, २०८२
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर

वीरगन्जमा चिसो बढेपछि विद्यालय ५ दिन बिदा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

२०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ४. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ५. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • ९. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

पाथीभरा केवलकार निर्माण विवादमा

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विषय विवादित बनेपछि यसले उग्ररुप लिएको छ । शनिबार पाथीभरा क्षेत्रमा भएको झडप र गोली प्रहारको घटनापछि ‘नो केवलकार’ पक्षधरहरूले सात बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेका छन् ।

मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ संघीय समिति, थरगत संस्था सहजीकरण समूह र किराँत धर्म तथा साहित्य उत्थान संघले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

आन्दोलनका कार्यक्रम अनुसार माघ १५ गतेदेखि मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरूमा यातायात बन्द गरिनेछ ।

पाथीभरा (मुक्कुमलुङ) दर्शन केवलकार प्रा.लि.का अध्यक्ष चन्द्र ढकालको नेतृत्वमा रहेको ग्लोबल आईएमई बैंकका ताप्लेजुङदेखि सुनसरीसम्मका शाखाहरू बन्द गर्नुपर्ने माग पनि राखिएको छ ।

साथै, माघ १४ गते ग्लोबल आईएमई बैंकमा शान्तिपूर्ण प्रदर्शन गरिने घोषणा गरिएको छ । आन्दोलनकारीहरूले ढकाल र पाथीभरा (मुक्कुमलुङ) दर्शन केवलकार प्रालिका जनसम्पर्क अधिकृत रुद्र पौडेललाई ताप्लेजुङ जिल्लामा निषेध गर्ने घोषणा गरेका छन् ।

फुङलिङ नगरप्रमुख अमिर मादेनलाई ‘वंशगद्दार’ घोषणा गर्दै उनलाई ताप्लेजुङ जिल्लाबाहिर निषेध गर्नुपर्ने माग समेत राखेका छन् । उनीहरूले पाथीभरा क्षेत्र विकास समितिलाई खारेज गर्नुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी प्रमुखले सार्वजनिक रूपमा माफी माग्नुपर्ने उल्लेख गरेका छन् ।

शनिबार पाथीभरा क्षेत्रमा केवलकारको विरोध गरिरहेका समूह र सुरक्षाकर्मीबीच दुई चरणमा झडप भएको थियो । पहिलो झडपमा सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेका थिए भने दोस्रो चरणको झडपमा आत्मरक्षाका लागि गोली प्रहार गरिएको बताइएको छ । घटनामा केवलकारको विरोध गरिरहेका समूहका तीनजना गोली लागेर गम्भीर घाइते भएका छन्, उनीहरुको उपचार काठमाडौंस्थित टिचिङ अस्पतालमा भइरहेको छ । त्यस्तै, सातजना सुरक्षाकर्मीको उपचार ताप्लेजुङ जिल्ला अस्पतालमा भइरहेको छ ।

यस झडपमा दुवै पक्षका गरी ४५ जना घाइते भएका थिए, जसमध्ये अधिकांश प्राथमिक उपचारपछि घर फर्किसकेका छन् । जिल्ला प्रशासन कार्यालयले घटनामा २१ प्रहरी घाइते भएकोमा १४ जना उपचारपछि फर्केको र एक इन्स्पेक्टरसहित ७ जनाको हल जिल्ला अस्पतालमा ताप्लेजुङमा उपचार भइरहेको जानकारी दिएको छ ।

विज्ञप्तिमा बन्द, प्रदर्शन र प्रतिरोधका कार्यक्रमलाई निरन्तरता दिँदै उनीहरूले स्थानीय प्रशासन र केवलकार निर्माण कम्पनीविरुद्ध थप कदम चाल्न सकिने चेतावनी दिएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर
    वीरगन्जमा चिसो बढेपछि विद्यालय ५ दिन बिदा
    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर

    वीरगन्जमा चिसो बढेपछि विद्यालय ५ दिन बिदा

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर
    • वीरगन्जमा चिसो बढेपछि विद्यालय ५ दिन बिदा
    • आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
    • २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.