झण्डै ५० हजार बालिकालाई रौतहटमा एचपिभि खोप लगाईने
रौतहट । रौतहटमा राष्ट्रिय खोप कार्यक्रम अभियान अन्तर्गत झण्डै ५० हजार बालिकालाई एचपिभि खोप लगाईने भएको छ। विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका ४९ हजार २६९ जना बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाईने भएको छ।
खोप कार्यक्रम अभियानका लागि जिल्लाको १८ वटै स्थानीय तहबाट तथ्याङक संकलन गरी सोही अनुसारको जनशक्ती व्यवस्थापन गरिसकेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ।
खोप कार्यक्रम रौतहटमा दुई चरणमा हुने छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राजेश सिंहले जिल्लाको सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा ३९ हजार र विद्यालय बाहिर रहेकि १० हजार बढि कुल ४९ हजार २६९ जना बालिकालाई एचपीभी खोप लगाइने जानकारी दिएका छन्।
पहिलो चरणको अभियान अन्तर्गत अगामी माघ २३ गते देखि फतुवा विजयपुर, मौलापुर, बौधीमाई, गढीमाई, कटहरिया, देवाही गोनाही, राजपुर, परोहा र इशनाथ नगरपालिकामा खोप कार्यक्रम सञ्चालन गरिने छ।
त्यस्तै दोस्रो चरणमा माघ ३० गते देखि गौर, राजदेवी, दुर्गा भगवती, यमुनामाई, माधवनारायण, गरुडा वृन्दावन, गुजरा र चन्द्रपुर नगरपालिकामा खोप कार्यक्रम सञ्चालनको तयारी गरिएको जनस्वास्थ्य प्रमुख सिंहले बताएका छन्।
सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट प्रमाणित एचपिभि खोप १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन अगामी माघ २२ देखि फागुन ६ गते सम्म देशव्यापी एचपीभी खोप अभियानको संचालन गरिरहेको छ ।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
