काठमाडौँ । नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ सार्वजनिक गरेको छ । अटोमोबाइल प्रविधिको ‘चमत्कार’का रुपमा लिइने दिपल ई०७ लाई एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, चांगन अटो एसिया पेसिफिक भीपी गुआन जिन र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा सार्वजनिक गरे ।
ट्रान्सफर्मर क्यापाबिलिटी भएको यो एसयुभी एउटा बटन थिच्ने बित्तिकै पिकअप ट्रकमा परिणत हुन्छ । एसयुभी, पिकअप र क्याम्पिङ र आरभी (रिक्रिएसनल भेहिकल) सहित चार फरक प्रयोजनका लागि प्रयोग गर्न सकिने ई०७ ले लक्जरियस र इन्टिलेजेन्ट एडभेन्चरमार्फत आफूलाई ‘फ्युचरिस्टिक मार्भेल’का रुपमा स्थापित गर्ने कम्पनिले जनाएको छ ।
दिपल ई०७ कारको फिचर र स्पेसिफिकेसन
दिपल ई०७ मा ‘रियरह्विल ड्राइभ’ र ‘अलह्विल ड्राइभ’मा उपलब्ध हुनेछ । ‘रियरह्विल ड्राइभ भेरियन्ट’मा १९० किलोवाटको मोटर प्रयोग गरिएको छ जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्ने कम्पनिले बताएको छ । कारमा ८९.९ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ जसले ५६६ किलोमिटरको सिंगल चार्ज रेन्ज दिनेछ । त्यसैगरी, अलह्विल ड्राइभ भेरियन्टले ४४० किलोवाटको पावर र ६४५ एनएम टर्क उत्पन्न गर्ने कम्पनिको दाबि छ । यस यो इभी कारको चार्जिङ् क्षमताको कुरा गर्नुपर्दा २४० किलोवाट आवरसम्मको फास्ट डीसी चार्जमा जोड्न सक्नुका साथै लामो यात्राका लागि तुरुन्त रिचार्ज गर्न सकिने जनाईएको छ ।
ई०७ को ‘एरोडाइनामिक्स डिजाइन’को ‘ड्रयाग कोफिसेन्ट’ ०.२३७ सीडी रहेको छ जसले गर्दा यसको यात्रा आरामदायी बनाउँछ । त्यसैगरी यसको ‘वाटरवेडिंग’ क्षमता ६०० एमएम रहेको छ जसले यसलाई खराब भूबनोटको यात्रा सहज गराउने बताईएको छ ।
दिपल ई०७ को उपलब्धता र मूल्य
हाललाई ‘रियरह्विल’ ड्राइभ दिपल ई०७ चांगानका सोरुमहरुमा टेस्ट ड्राइभ तथा बुकिंगका लागि उपलब्ध छन् ।
दिपल ई०७ सेतो, कालो, खरानी र हरियो गरी चार वटा रंगमा उपलब्ध छ । एक करोड तीन लाख ९९ हजार रुपैयाँ तोकिएको ‘रियरह्विल ड्राइभ’ ई०९ को सुरुवाती मूल्य केही समयका लागि ९९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ भने ‘अलह्विल ड्राइभ’ को मूल्य १ करोड ९९ लाख ९९ हजार तोकिएको छ ।
स्टाइल र उपयोगिताको सम्मीश्रण
५ मिटर लामो दिपल ई०७को ह्विलबेस ३१२० एमएम रहेको छ जसले यसलाई ‘स्पेसियस’ बनाएको छ र ‘क्याबिन एक्सपिरियन्स’ लाई बेजोड बनाएको छ । यसमा ‘स्टाइलिस स्टार रिंग इन्टिग्रेटेड हेडलाइट’, ‘स्लाइडिंग रियर डोम डिजाइन’ र ठूलो ‘मल्टिफंक्सन रुफ र्याक ’ रहेको छ जसले ३०० केजीसम्मको ‘लोड’लाई उठाउन सक्ने कम्पनिले बताएको छ । त्यसैगरी कम्पनिका अनुसार यस दिपल ई०७ कारमा १३१ लिटरको फ्रंक स्पेस, ६०० केजी क्षमताको बुट र ‘अन्डर सिट स्टोरेज’ पनि रहेको छ ।
सुरक्षित र स्मार्ट यात्राका लागि ‘इन्टेलिजेन्ट’ प्रविधि
दिपल ई०७ मा प्रयोग गरिएको ‘सुपर ब्रेन सेन्ट्रल कम्प्युटिंग प्लेटफर्म’ले ‘सिमलेस कन्ट्रोल’ र ‘रियलटाइम रेस्पोन्स’ दिन्छ । यसमा २८.८६ इन्टको ‘अग्मेन्टेड रियारिटी हेडअप डिस्प्ले’ र १५.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ प्रयोग गरिएको छ जसले ‘ड्राइभिंग एक्सपिरियन्स’ लाई राम्रो बनाउने मात्र होइन सुरक्षित पनि बनाउँछ ।
सहज यात्रा र सुरक्षाका लागि यसमा ५ प्रकारको ‘क्र्युज असिस्ट’, ४ वटा ‘पार्किंग असिस्ट’ फिचर र १४ ‘सेफ्टी प्रोटेक्सन सिस्टम’, ५ एमएमको ‘वेब राडार’, ५ वटा क्यामेरा र १२ वटा ‘अल्ट्रासोनिक राडार’ प्रयोग गरिएको छ । साथै, यसमा ५४० डिग्रीको ‘सराउन्ड भ्यु’ र ‘सी२ सेन्ट्रल कम्प्युटिंग’ रहेको छ जसले ‘नेभिगेसन’ र पार्किंग आदिलाई सजह बनाउँने कम्पनिले जनाएको छ ।
‘फ्युचरिस्टिक इन्जिनियरिंग’ र ‘इकोफ्रेन्ड्ली डिजाइन’
दिपल ई०७ मा ‘गोल्डेन बेल जार सीटीभी इन्टिग्रेटेड ब्याट्री’ प्रयोग गरिएको छ जसले अत्यन्त चिसोमा पनि बेमिसाल ‘पर्फर्मेन्स’ दिनेछ । ‘एडाप्टिभ आयल कुलिंग सिस्टम’ र ‘अल्ट्रा–थिन सिलिकन मोटर कभरिंग’ ले ब्याट्रीको ‘इफिसेन्सी, रिलायबिलिटी र इनर्जी सेभिंग’मा मद्दत बताईएको छ । यसको ‘युनिक सुपर पावर सेभिंग मोड’ ले ड्राइभिंग रेन्जलाई अझ बढाउने कम्पनिको दाबि छ ।





