आजको विदेशी विनिमय दर,कुन मुद्रा कतिमा खरिद-बिक्री?
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २० पैसा र बिक्रीदर १३९ रूपैयाँ ८० पैसा कायम गरिएको छ । मंगलबार यूरोपियन युरो एकको खरिदमूल्य १४२ रूपैयाँ ५२ पैसा र बिक्रीमूल्य १४३ रूपैयाँ ५२ पैसा तोकिएको छ ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७१ रूपैयाँ २६ पैसा र बिक्रीदर १७२ रूपैयाँ कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ ४५ र बिक्रीदर ८५ रूपैयाँ ८२ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९४ रूपैयाँ ७२ पैसा र बिक्रीमा ९५ रूपैयाँ १२ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०४ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ २० पैसा तथा बिक्री दर १९ रूपैयाँ २८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ४९ पैसा तथा बिक्री दर ९ रुपैयाँ ५३ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ १८ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ३५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ २७ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९० पैसा र बिक्रीदर ३८ रूपैयाँ ०६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार ३१ रूपैयाँ ११ पैसा र बिक्रीदर ३१ रूपैयाँ २४ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ४६ पैसा र बिक्रीदर ४५२ रूपैयाँ ४० पैसा र बहराइन दिनार एकको खरिददर ३६९ रूपैयाँ २२ पैसा र बिक्रीदर ३७० रूपैयाँ ८१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
सम्बन्धित समाचार
बलात्कारी आरोपितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

