Jankari Kendra
२२ आश्विन २०८३, बिहीबार

एकैदिन तोलामा २२ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, २३
एकैदिन तोलामा २२ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेर १ लाख ६६ हजार ९०० रुपैयाँ कायम भएको छ ।

यसअघि, मंगलबार छापावाल सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको थियो । यता, आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर १९ सय ७५ रुपैयाँ कायम भएको छ ।

यसअधि मंगलबार चाँदीको भाउ प्रतितोला १९ सय ३० रुपैयाँ कायम रहेको थियो ।

Top Changing Nepal

युट्युब सट्स