Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

थाईल्याण्ड बिरूद्द नेपालले टस जित्यो, ब्याटिङ गर्दै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, २५
थाईल्याण्ड बिरूद्द नेपालले टस जित्यो, ब्याटिङ गर्दै

काठमाडौं, २५ माघ ।  त्रिकोणात्मक  महिला अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलाको अन्तिम खेलमा थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङको निर्णय लिइन् । नेपाल पहिलो जितको खोजिमा छ ।  यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० रन, १५ रन र १० विकेट तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार बेहोरेको थियो ।

यता थाइल्यान्ड भने जित निकाल्दै च्याम्पियन बन्ने लक्ष्यमा छ ।

यसअघि थाइल्यान्डले नेदरल्यान्ड्सलाई आठ विकेट र १७ रनले हराएको थियो । यस्तै थाइल्यान्ड पछिल्लो खेलमा भने नेदरल्यान्ड्ससँग एक विकेटले पराजित भएको थियो ।

Top Changing Nepal

युट्युब सट्स