आजदेखि ‘दुःखी आत्मा’ र ‘रंगी’ हलमा
काठमाडौं । शुक्रबारदेखि दिपेन्द्र लामाको निर्देशन रहेको ‘दुःखी आत्मा’ र सुरेश न्यौपानेको डेब्यु निर्देशन रहेको ‘रंगी’ चलचित्र एक साथ प्रदर्शनमा आएका छन् । फरक जनरा रहेको दुई चलचित्र एक साथ रिलिज हुँदा दर्शक भाँडिने चिन्ता निर्माता निर्देशकलाई परेको छ ।
दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको ‘दुःखी आत्मा’ यौन मनोविज्ञानमा आधारित चलचित्र हो । जसमा पुरुष पात्रमा दमित यौन कुण्ठालाई निर्देशक लामाले देखाउने प्रयत्न गरेका छन् ।
अर्कोतर्फ अभिनेता सलोन बस्नेतले पूर्वमिस नेपाल नम्रता श्रेष्ठलाई लिएर बनाएको ‘रंगी’ चलचित्र सामाजिक पारिवारिक विषयवस्तुमा आधारित रहेको छ । चलचित्रमा बाबु–छोरीको प्रेम, करुणा, स्नेह, जिम्मेवारी र समर्पणलाई देखाइएको छ।
‘दुःखी आत्मा’ र ‘रंगी’ दुवै चलचित्रको टिजर र ट्रेलरलाई दर्शकहरूले अत्यधिक रुचाएका छन् । त्यसैले पनि दुवै चलचित्रले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । यद्यपि ठूला स्टारकास्ट र ब्यानर भएकाले दिपेन्द्र लामाको निर्देशन रहेको ‘दुःखी आत्मा’ ले धेरै सोज पाएको छ । ‘रंगी’ चलचित्रले ‘दुःखी आत्मा’ को भन्दा आधा मात्र सो पाएको छ ।
सम्बन्धित समाचार
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

