जोन अब्राहम र बिपाशाको ब्रेकअप ‘बिल्लो रानी’ गीतको सुटिङको दुई दिनअघि
मुम्बइ । अभिनेता जोन अब्राहम र बिपाशा बसुलाई कुनै समय बलिउडको ‘आईटी’ जोडी भनिन्थ्यो । तर, उनीहरुको ९ बर्ष लामो सम्बन्ध भने तितो रुपमा टुंगिएको थियो । अहिले दुवै जना आ–आफ्ना जीवन साथी र परिवारसँग खुसीसाथ अगाडी बढिरहेका छन् ।
सन् २००७ मा उनको ‘धन धना धन गोल’ नामको फिल्म आएको थियो । फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन तर उनीहरुको केमेस्ट्रीलाई दर्शकले भने खुबै मन पराएका थिए । चलचित्रको ‘बिल्लो रानी…’ गीतले धेरै दिन चार्टबिटमा राज गरेको थियो । तर के तपाईलाई थाहा छ बिपाशा र जोनको यही गीतको सुटिङको २ दिन अगाडि नै भने ब्रेकअप भएको थियो । हालै सो फिल्म निर्माता विवेक रञ्जनले यसको खुलासा गरेका हुन् ।
विवेक अग्निहोत्रीले आफ्नो एक्स ह्यान्डलमा बिपाशा बसु र जोन अब्राहमको अभिनय रहेको ‘बिल्लो रानी…’ गीतको सुटिङका क्रममा सामना गर्नुपरेको चुनौतीबारे लेखेका छन् । उनले लेखेका छन्, ‘यो गीतको इतिहास छ, जो निर्माताले चाहेका नै थिएनन् ।
‘जावेद साब ‘बिल्लो रानी’ सुटिङको विरुद्धमा थिए, प्रीतम कव्वाली पनि यो शैलीमा पक्का थिएनन् किनभने जोन र बिपाशाको केही दिन अघि मात्रै ब्रेकअप भएको थियो, जसका कारण धेरै समस्या परेको थियो । तर, सरोज खानले मात्र मलाई विश्वास गरे । तिनीहरूले भने कि यो सबैभन्दा ठूलो हिट हुनेछ र यो भयो नै । प्रीतम, जावेद साहब र सरोजजीको हार्दिक सलाम।’
जोन र बिपाशाले ९ वर्ष डेट गरेका थिए । सन् २००३ मा आएको फिल्म ‘जिस्म’को सुटिङबाट उनीहरुको सम्बन्धको चर्चा सुरु भएको थियो । उनीहरु प्रायः धेरै कार्यक्रममा सँगै देखिएका थिए । तर उनीहरुको सम्बन्ध कसरी ब्रेक अप भयो, त्यसको आधिकारिक पुष्टि भने अझै भएको छैन । तर, व्यक्तिगत मतभेदका कारण यो जोडी अलग भएको बताइएको छ ।
बिपाशा बसुले २०१६ मा आफ्नो ‘अलोन’का सह–अभिनेता करण सिंह ग्रोवरसँग विवाह गरेकी थिइन् । हाल यी जोडी एक छोरी देवीका आमाबुवा हुन भने जोन अब्राहमले प्रिया रुन्चलसँग विवाह गरिसकेका छन ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

