‘छावा’ले केही घण्टामै तोड्यो भारतीय ७ फिल्मको रेकर्ड
मुम्बई । विक्की कौशल अभिनित बहुप्रतिक्षित चलचित्र छावा हिजो भ्यालेन्टाइन डेको अवसरमा हलमा रिलिज भएको थियो । फिल्म हेरेका फ्यानहरुको अधिरता समाप्त भएपछि अहिलेसम्म फिल्म हेर्न नपाउने फ्यानहरुको अधीरता बढेको छ किनभने धेरैजसो समीक्षकले फिल्मलाई निकै राम्रो भनेका छन् ।
अब यही कारणले ओपनिङ डे कलेक्सनका हिसाबले पनि फिल्मले बक्स अफिसमा राम्रै कमाइ गरिरहेको देखिन्छ । अचम्मको कुरा के छ भने यो वर्ष रिलिज भएका सबै बलिउड फिल्म फ्लप भएका छन् । यस्तो अवस्थामा छावाको ओपनिङ डे कलेक्सन हेर्दा यो वर्षको बलिउडको पहिलो ब्लकबस्टर फिल्म बन्न सक्ने देखिएको छ ।
लक्ष्मण उतेकर निर्देशित यस चलचित्रको पहिलो दिनको कमाईको प्रारम्भिक तथ्यांक बाहिर आएको छ र चलचित्रले बक्स अफिसमा आफ्नो बलियो पकड देखाएको छ । सकनिल्कमा उपलब्ध तथ्यांक अनुसार फिल्मले ३०-३२ करोड कमाएको जनाएको छ । तर, यी तथ्यांकहरू अन्तिम भने होइनन् ।
छावाले पहिलो दिनको कमाइले ७ फिल्मको कीर्तिमान तोडेको छ । यस वर्षको सुरुमा इमर्जेन्सी र आजाद रिलिज भएका थिए । जसको पहिलो दिन २.५ करोड र १.५ करोडको ओपनिङ थियो । यसपछि स्काई फोर्सको ओपनिङ डे कलेक्सन १२.२५ करोड र देवाको ५.५ करोड थियो । लभ्यापा र ब्याडअस रविकुमारको ओपनिङ डे कलेक्सनको बारेमा कुरा गर्दा १.२५ करोड र २.७५ करोड थियो। साउथमा नागा चैतन्यको फिल्म ‘ठण्डेल’ले पनि ओपनिङ डेमा ११.५ करोड कमाएको थियो ।
अब यी सबै फिल्मको ओपनिङ डे कलेक्सन हेर्दा छावाले रिलिज भएको केही घण्टामै सबैलाई पछाडि पारेको प्रष्ट हुन्छ । र अब अजित कुमारको ‘विदमुयार्ची’ को २६ करोडको ओपनिङ डे कलेक्सन पनि सुरक्षित नहुने अनुमान गरिएको छ । विक्की कौशलको फिल्म छावाको अग्रिम बुकिङको बारेमा कुरा गर्ने हो भने सक्कनिल्कको रिपोर्ट अनुसार फिल्मले ३०-३२करोड कमाइसकेको छ ।
छावालाई लक्ष्मण उतेकरले निर्देशन गरेका हुन् । छत्रपति शिवाजी महाराजका छोरा छत्रपति संभाजी महाराजको जीवनीमा आधारित यस फिल्ममा विक्की कौशलले संभाजी महाराजको भूमिकामा देखिएका छन् । अक्षय खन्नाले औरंगजेबको भूमिका खेलेर प्रशंसा जितेका छन् । जहाँ रश्मिका मन्डन्ना संभाजीकी पत्नीको भूमिकामा देखिएकी छिन् । कोइ मोईका अनुसार १३० करोडको बजेटमा बनेको यस फिल्ममा विनीतकुमार सिंह र आशुतोष राणा पनि महत्वपूर्ण भूमिकामा छन् ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

