रि- रिलिजमा दोब्बर कमाएपछि ‘सनम तेरी कसमः २ ’का बिषयमा निर्देशक-निर्माता बिच लफडा
मुम्बइ । सन् २०१६ मा रिलिज भएको फिल्म ‘सनम तेरी कसम’ ले अहिले पुनः रिलिजमा बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ । यसैबीच, र रिलिजमा अकल्पनिय कमाइ गरिरहेको यो फिल्मको सिक्वेलका बारेमा भने विवाद सुरू भएको छ ।
वास्तवमा केही समय अघि ‘सनम तेरी कसम’ का निर्देशक राधिका राव र विनय सप्रुले एक अन्तर्वार्तामा ‘सनम तेरी कसमः २’ बनाउने घोषणा गरेका थिए तर फिल्मका निर्माता दिपक मुकुटले सन् २०२४ मा सिक्वेल बनाउने घोषणा गरेको भन्दै यसप्रति असन्तुष्टि जनाएका छन् । सो फिल्मको निर्माता आफु भएकाले फिल्मको अधिकार आफूसँग मात्रै रहेको जनाउँदै उनीबिना फिल्मको सिक्वेल बन्न नसक्ने जनाएका छन ।
‘सनम तेरी कसम’ का निर्माता दीपक मुकुटले सिक्वेलको विवादमा बलिउड हंगामासँग कुरा गर्दै भने, ‘सनम तेरी कसम फिल्मको निर्माता म नै हुँ र फिल्मको आईपी मेरो हो । त्यसैले यो फिल्मको सिक्वेल, प्रिक्वेल वा रिमेक बनाउने अधिकार पनि मसँग मात्रै रहेको छ, मैले सेप्टेम्बर २०२४ मा हर्षवर्धनसँग यसको सिक्वेल घोषणा गरेको थिएँ। जहाँसम्म निर्देशकहरू (विनय सप्रु र राधिका राव) को सवाल छ, मैले उनीहरूसँग यसबारेमा कुनै छलफल गरेको छैन। न उहाँले नै मलाई भेट्नु भएको छ, न त सिक्वेलका बारेमा कुनै कुराकानी नै गर्नु भएको छ । र, यो पनि भनिदिउ कि मैले अहिलेसम्म सिक्वेल फिल्मको निर्देशक तय गरेको छैन ।’
दीपक मुकुटले थप अगाडी भने, ‘मसँग कुरा गर्नु उहाँको काम हो, अरु केही नगर्ने तर उनले सिक्वेल बनाउने विषयमा अन्तर्वार्ता दिइरहेका छन् । फिल्मको अधिकार मसँग रहेको कुरा दोहोर्याउन चाहन्छु।’
कुराकानीका क्रममा दीपक मुकुटले सनम तेरी कसमः २ अहिले लेखन चरणमा रहेको बताए । उनका अनुसार चलचित्रको मुख्य अभिनेतामा अघिल्लो चलचित्रका अभिनेता हर्षवर्धन राणे नै रहने पक्का भएका छन् भने अभिनेत्रीको भने अझै फाइनल भइसकेको छैन् ।
सन् २०१६ मा रिलिज भएको फिल्म ‘सनम तेरी कसम’ पुनः गत ७ फेब्रुअरीमा रिलिज गरिएको थियो । सो फिल्मले २०१६ मा रिलिज हुदाँ अलटाइम १६.०३ करोड कमाएको थियो तर रि–रिलिजमा फिल्मले ३४.२९ करोडको बक्स अफिस कलेक्सन गरिसकेको छ ।
यो पुनः रिलिजमा सबैभन्दा धेरै कमाउने फिल्महरू मध्ये एक पर्न सफल भइसकेको छ ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

