कर्नाटककाल मन्दिरपछि मौलापुरमा गुप्तकालको मन्दिर फेला
सञ्जय मिश्रा / रौतहट । रौतहटको मौलापुर नगरपालिका पतौरामा उत्खननको क्रममा कर्नाटकाल मन्दिरपछि अर्को महत्वपूर्ण गुप्तकालीन ऐतिहासिक मन्दिर फेला परेको छ।
पतौरामा डेढ दसकअघि कर्नाटककालको शिवमन्दिरको अवशेष फेला परेको थिय। सोही मन्दिरमा प्रत्येक वर्ष महाशिवरात्रीको अवसरमा मेला लाग्ने गर्दछ।
कर्नाटकालीन मन्दिरको छेउमा उत्खननको क्रममा गुप्तकालीन मन्दिर फेला परेको मेयर रिनाकुमारी साहले बताएकी छिन्। पुरातात्विक विभागसमेतको संलग्नतामा उत्खननपश्चात् गुप्तकालीन मन्दिर फेला परेको साहले बताइन्। पुरातात्विक विभागले नियमित उत्खनन् नगरी कहिले गर्ने र छोड्ने कामले कतिपय वस्तुहरु नष्ट भइरहेको मेयर साहले गुनासो गरेकी छिन्।
‘उत्खनन् गरी परीक्षणका लागि लागि चार वर्षअघि यहाँबाट लगिएको वस्तुहरू पुरातात्विक विभागले अझै सार्वजनिक गरेको छैन,’ उनले भनिन्, ‘कतिपय वस्तुहरू त नष्ट हुन सक्ने भएकाले त्यसलाई परीक्षणपश्चात् सार्वजनिक गर्नुपर्ने हाम्रो माग हो। सरकारले पनि यसको संरक्षण र प्रवर्द्धनमा ध्यान दिन आवश्यक छ।’
पतौरामा मन्दिर छेउमा पुरातात्विक विभागले उत्खनन् जारी नै राखेको छ। त्यसलाई निरन्तरता दिनुपर्ने माग मेयर साहको रहेको छ। मौलापुर नगरपालिका पतौरास्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवम् ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने संकल्पसहित नगरपालिकाले २०७६ सालदेखि प्रत्येक वर्ष मधानी महायज्ञको आयोजना गर्दै आएको छ। यस वर्ष पनि नगरपालिकाको आयोजनामा मधानी महायज्ञ आउँदो फागुन ११ गतेदेखि सुरू हुँदैछ।
मधानी महायज्ञ प्राचीन यज्ञ हो, यो यज्ञमा बिनाब्राह्मण नै मन्त्रको जप हुने गर्छ। मधानी महायज्ञको फागुन ११ उदघाटन समारोह, १२ फागुनमा शिव वारात यात्रा, १३ गते मधानी विशेष पूजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको आयोजक मौलापुर नगरपालिकाले जनाएको छ।
‘हामीले सक्दो प्रयास जारी राखेका छौं, यहाँको पर्यटन प्रवर्द्धनमा काम भइरहेको छ। विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि हाम्रो बलबुता लगाइरहेका छौं। तर केन्द्रले ध्यान नदिएको कारण ओझेलमा परेको छ,’ मेयर साहले भनिन्।
उनले पर्यटन प्रवर्द्धनका साथै संरक्षणको क्षेत्रमा पहल गर्दै पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि सरकारसँग माग गरेकी छिन्।
‘अहिले जति पनि उत्खनन् भइरहेका छन्, त्यसमध्ये पतौराको सबैभन्दा पुरानो भएकाले गुप्तकालीन ती सम्पदाको संरक्षण, प्रवर्द्धन गर्ने जिम्मेवारी सरकारको हो,’ उनले भनिन्।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


