आजको विदेशी विनिमय दर,कुन मुद्रा कतिमा खरिद-बिक्री?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर स्थिर रहेको छ । आज एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रूपैयाँ ४३ पैसा कायम गरिएको छ । यसअघि बुधबार डलरको खरिदबिक्री सोही मूल्यमा भएको थियो ।
बिहिबार यूरोपियन युरो एकको खरिदमूल्य १४४ रूपैयाँ ७५ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ३८ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५२ पैसाले घटेको हो । बुधबार युरोको खरिदमूल्य १४५ रूपैयाँ २७ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ९० पैसामा खरिदबिक्री भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७४ रूपैयाँ ७४ पैसा र बिक्रीदर १७५ रूपैयाँ ४९ पैसा कायम गरिएको छ । यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ १२ र बिक्रीदर ८८ रूपैयाँ ५० पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ७३ पैसा र बिक्रीमा ९८ रूपैयाँ १५ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ १४ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १८ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ ०५ पैसा तथा बिक्री दर १९ रूपैयाँ १४ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६७ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ ०९ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ २५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०२ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ १८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ८० पैसा र बिक्रीदर ३७ रूपैयाँ ९६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार ३१ रूपैयाँ २६ पैसा र बिक्रीदर ३१ रूपैयाँ ३९ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४४९ रूपैयाँ ५१ पैसा र बिक्रीदर ४५१ रूपैयाँ ४५ पैसा र बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३६९ रूपैयाँ ९६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचार
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

