काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । सुनको मूल्यमा लगातार वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले बढेको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ९९५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको तोलाको १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।