सलमानमाथी ५०० कराेड लगानी गर्न फिल्म कम्पनि हच्किए, निर्देशक एटली र अल्लुकाे नयाँ फिल्म आउने
मुम्बई । पुष्पा २ः द रुलको मेगा सफलता पछि पान इन्डियाका सुपरस्टार अल्लु अर्जुन आफ्नो अर्को फिल्मको समय तालिकामा व्यस्त रहेका छन । तेलुगु मिडियाहरूका अनुसार अभिनेताको भविष्यको फिल्म लाइन अपको बारेमा योजनाहरूमा हालै केही परिवर्तन भएको छ ।
समाचार अनुसार अल्लु अर्जुनले निर्देशक त्रिविक्रम श्रीनिवाससँग ठूलो बजेटको पौराणिक महाकाव्यको लागि आफ्नो पुनर्मिलनको घोषणा गरेका थिए । ‘पुष्पा २’ पछि कलाकारको यो फिल्म तुरुन्तै आउने बताइएको थियो ।
तर पछिल्ला केही दिनयता भने अल्लु अर्जुन शाहरूख खानको जवान फिल्म निर्देशक एट्लीसँगको नयाँ सहकार्यका कारण थप चर्चामा रहेका छन्।
केही समय अघि मात्रअल्लु अर्जुन र एट्ली पान इन्डिया प्रोजेक्टमा सहकार्य गर्न वार्तामा थिए भन्ने खबर आएको थियो तर अभिनेताले पछि केही कारणले यसलाई अस्वीकार गरेका थिए । त्यसपछि निर्देशक इटलीले बलिउड सुपरस्टार सलमान खानसँग वार्ता सुरु गरेका थिए । तर, कास्टिङ र बजेट समस्याका कारण परियोजना स्थगित भएको खुलासा भएको थियो ।
खासमा, निर्माताहरूले सलमान खान माथी ५०० करोड लगानी गर्न नसक्ने जनाए पछि एटली पुनः अल्लु अर्जुनतिर फर्किएका हुन् । तर, अब गुल्टी डटकमका अनुसार एट्ली र अल्लु अर्जुनले सहकार्य गर्ने निर्णय गरेका छन् । चाडै नै निर्देशक एटली र अभिनेता अल्लुले औपचारिक रूपमा घोषणासमेत गर्दैछन् ।
जसका कारणा स्क्रिप्टमा काम गरिरहेकाले निर्देशक त्रि विक्रमसँगको हुने भनिएको अल्लु अर्जुनको फिल्म अर्को वर्षतिर धकेलिएको बताइएको छ । एटलीको नयाँ फिल्म ‘एए २२’ लाई सन पिक्चर्स र गीता आर्ट्सले निर्माण गर्न मञ्जुर भएका हुन, जुन कम्पनिले सलमान माथी लगानी गर्नु भनेको जोखिम बढाउनु भएको जनाएका थिए । तर, अल्लु अर्जुनका लागि उनीहरूले दिल खोलेको गुल्टी डटकमले जनाएको छ ।
सो फिल्ममा अभिनेत्री जान्हवी कपूरले मुख्य भूमिका निर्वाह गर्ने हल्ला चलिरहेको छ तर भरपर्दो श्रोतले भने पुष्टि भने अझै गरेको छैन । ‘एए २२’ को लागि अनिरुद्ध रविचन्द्रनले संगीत दिने पक्का भएको छ ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

