चलचित्र ‘हर्ष’को शुभमुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
काठमाडौँ । दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी एकता पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘हर्ष’को मुहूर्त गरिएको छ । महाशिवरात्रिको अवसर पारेर बुधबार काठमाडौंको ठमेलस्थित त्रिदेवी मन्दिरमा मुहूर्त गरिएको हो ।
मुहूर्त समारोहमा फिल्मका मुख्य कलाकारहरु खगेन्द्र लामिछाने, वर्षा राउत, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, सुवर्ण थापा, अंशु थापालगायतको उपस्थिति थियो ।
यसअघि फिल्ममा अभिनेत्री आँचल शर्मालाई अनुबन्ध गरिए पनि आँचलको अर्को फिल्म ‘जेरी अन टप’को छायांकन सकिन समय लाग्ने भएपछि उनको ठाउँमा वर्षा भित्रिएकी हुन् । उनीसँग निर्माताले मंगलबार लिखित सम्झौता गरेका थिए।
फागुन १७ गते छायांकन सुरु हुने फिल्मको कथा निर्देशक पौडेलले लेखेकी हुन् । फिल्ममा आलोक शुक्लाको छायांकन तथा वसन्त सापकोटा र एलिश कार्कीको संगीत रहनेछ । यसमा लोकेश बज्राचार्य सम्पादक तथा सुनिल क्षेत्री कोरियोग्राफरको रुपमा छन् । फिल्मको निर्माता प्रसन्न पौडेल र विकास पौडेल हुन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल छन् ।
‘हर्ष’बाट निर्देशनमा डेब्यु गर्न लागेकी एकताले न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङसम्बन्धी अध्ययन गरेकी छन् । आमसञ्चार विषयमा स्नातकोत्तर समेत गरेकी उनले यसअघि केही लघु फिल्म बनाएकी छन् । ई-प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा बन्न लागेको फिल्मलाई आगामी वर्ष रिलिज गर्ने लक्ष्य राखिएको छ ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

