• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ बैशाख २०८३, आइतबार
०६ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय
  • १५ घण्टा 

वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध
  • १७ घण्टा 

२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य
  • १९ घण्टा 

लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
  • २० घण्टा 

नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न
  • २० घण्टा 

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
  • २१ घण्टा 

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
  • २४ घण्टा 

जन्ती बोकेको जिप हुँदा दुर्घटनामा चारको मृत्यु, १४ जना घाइते
  • २४ घण्टा 

देशभर मौसम बदली : पहाडमा चट्याङसहित वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
  • १ दिन 

लोकप्रिय समाचार

  • १. ४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटा दिने नेपाल टेलिकमको धमाकेदार नयाँ वर्ष अफर

  • २. TikTok has releases 2025 Community Guidelines Enforcement Report

  • ३. आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु

  • ४. २०८३ वैशाख ०६ गते आईतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने

  • ६. घट्यो सुनचाँदीको मुल्य,कतिमा हुँदैछ कारोबार ?

  • ७. अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा

  • ८. अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ?

  • ९. देशभर मौसम बदली : पहाडमा चट्याङसहित वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  • १०. डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग

पाथीभरा केवलकार विवाद: स्थानीयको भावना कुल्चिदै चन्द्र ढकालको व्यावसायिक मिशन वरिपरी राज्य संयन्त्र !

जानकारी केन्द्र २०८१, फाल्गुन, १५

काठमाडौँ । ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिरसम्म पुग्न केबलकार निर्माणको विषयजी विवाद समाधान गर्न सरकार उदासिन देखिएको छ । पाथिभरामा केबलकार निर्माणमा स्थानीयको विरोधका साथै संसदसम्म कुरा पुग्दा पनि सरकारले विवाद समाधान गर्न ठोस कदम चालेको देखिएको छैन । पछिल्लो पटक गृहमन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले विज्ञप्ति जारी गर्दै ‘नो केबलकार’ समुहलाई बार्तामा बोलाएर औपचारिकता मात्र पुरा गरेको छ ।

सोमबार समितिले विज्ञप्ति जारी गर्दै वार्ता समितिका संयोजक प्रेम प्रसाद भट्टराईले आन्दोलनरत पक्षवाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै उक्त केवलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउन अपिल गरेका गरेका थिए ।

यो अपिल गत शनिबार ‘नो केबलकार’ अभियानले ताप्लेजुङ सदरमुकाम फुङलिङमा गरेको राँके जुलुसका क्रममा पक्ष र विपक्षका बीच भएको झडप पछि उत्पन्न परिस्थिति पछि आएको हो । यस झडपमा प्रहरीसहित स्थानीय पनि घाइते भएका थिए । यो घटनापछि जिल्ला प्रशासन कार्यालयले प्रशासनले मंगलबार रातिसम्म निषेधाज्ञा समेत जारी गरेको थियो ।

अहिले मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ संघीय समिति, थरगत संस्था सहजीकरण समूह र किराँत धर्म तथा साहित्य उत्थान संघले ‘नो केबुलकार’ अभियानको नेतृत्व गरेका छन् ।

आन्दोलनरत पक्षले केबलकार निर्माणको काम तत्काल रोक्नुपर्ने, आन्दोलनका क्रममा गिरफ्तार गरिएकालाई रिहा गर्नुपर्ने, शिलान्यास गरिएको स्थान काफ्लेपाटीमा रहेको सशस्त्र र नेपाल प्रहरीको टोली त्यहाँबाट हटाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेका छन् । आन्दोलनरत पक्षले पाथीभरा मुकुम्लुङ लिम्बू समुदायको मुन्धुमीस्थल भएकाले यथावत् राख्नुपर्ने माग गर्दै यसलाई आफ्नो संस्कृतिसँग जोडेर आन्दोलन गरिरहेका छन् ।

तर सरकारले समस्याको समाधान गर्ने भन्दा पनि आन्दोलनकारीलाई विरोध गर्न दिइरहने र उनीहरुलाई थकाउने रणनीति लिएको देखिएको छ । यसरी सरकारले यस घटनामा स्थानीयको भावना बुझ्ने भन्दा पनि व्यवसायी चन्द्र ढकाललाई साथ दिइरहेको स्पष्ट देखिएको छ ।

केबलकार निर्माणको यस प्रकरणमा ताप्लेजुङका सांसद एवं एमाले सचिव योगेश भट्टराईको भूमिका समेत शंकास्पद देखिएको छ । उनले पत्रकार सम्मेलनदेखि संसदमा समेत पाथीभरामा केबलकार निर्माणको पक्षमा एकोहोरो वकालत गरिरहेका छन् । पाथीभरा विकास क्षेत्रका सदस्य पृथ्वी लिम्बुले रेडियो अन्तरवार्तामा योगेश भट्टराईकी श्रीमतीसहितको नाममा रहेको २४ लाखमा जग्गा किने जग्गा ३५-३६ करोडमा चन्द्र ढकाललाई बिक्री गरेको बताएका छन् । यद्यपी यसको पुष्टि हुन बाँकी छ ।

सत्तपक्षकै शक्तिशाली नेता र आफ्नो क्षेत्रमा यति ठुलो विवाद हुदा पनि सांसद भट्टराईले स्थानीयको भावना बुझ्ने प्रयास नै नगर्नु अचम्म लाग्दो देखिएको छ । साथै यति ठुलो संख्यामा स्थानीयको विरोध हुदा हुदै पनि केबलकार निर्माण गर्नैपर्ने सरकारको बाध्यता पनि बुझिनसक्नु रहेको छ ।

कसरी भयो केबलकार निर्माणमा चन्द्र ढकालको इन्ट्री ?

काफ्लेपाटीमा गत कार्तिक २४ गते केबलकार निर्माणको शिलान्यास गरिएको थियो ।  ताप्लेजुङको फुङलिङ– १० काफ्लेपाटीदेखि मन्दिर छेउसम्म २.७५ किलोमिटर केबलकार निर्माण भइरहेको छ । यसको लागत ३ अर्ब रहेको बताइएको छ ।

पहिलो पटक पाथिभरामा केबलकार निर्माणका लागि २०५४ मा कञ्चनजंघा केबलकार प्रालि दर्ता गरिएको थियो । त्यपछि ध्रुवनारायण श्रेष्ठले २०७२ मा पाथीभरा देवी केबलकार दर्शन प्रालि कम्पनी दर्ता गरेका थिए । त्यस्तै पाथिभरा पुग्ने केबलकार बनाउन संघाई ग्रुपका सुभाष संघाईले त्रिवेणी केबलकार कम्पनी पनि दर्ता गरेका थिए ।

फुङलिङ नगरपालिकाको कार्यपालिका बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार २०७५ जेठ १३ पाथीभरा माता दर्शन केबलकार प्रालिलाई निर्माणको अनुमति दियो । त्यसपछि श्रेष्ठको पाथीभरा देवी केबलकार दर्शन प्रालि कम्पनीको स्वामित्व यती समूहले लिएको थियो । त्यसपछि यस परियोजनामा चन्द्र ढकालको इन्ट्री भएको थियो । यती समूहले यस कम्पनीको स्वामित्व आइएमई ग्रुपलाई बिक्री गरेसँगै यसमा हाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका चन्द्र ढकालको इन्ट्री भएको हो ।

चन्द्र ढकाल अहिले देशभर विभिन्न केबलकार बनाउने परियोजना अगाडी बढाइरहेका छन् । उनले पहिलो पटक चन्द्रागिरी केबलकार बनाएका थिए । तर चन्द्र ढकालले विवादित रुपमा चन्द्रागिरी केबल कार बनाएको आरोप लाग्दै आएको छ । सत्ता र शक्तिको आडमा सरकारी जग्गा सस्तोमा लिजमा लिएर चन्द्रागिरी केबलकार बनाएका छन् । ढकालले चन्द्रागिरी केबल कार बनाउन ३६ हेक्टर वन क्षेत्र प्रति हेक्टर ५ हजारका दरले बार्षिक एक लाख ८० हजार मात्र तिरेर लिजमा लिएका छन् । अहिले ढकालले कुनै प्रतिस्पर्धा बिना नै देशका प्रमुख पहाडहरूमा केबलकार बिस्तारको अभियान नै चलाएका छन् ।  ढकालले यसका लागि राज्य संयन्त्रको दुरुपयोग गरी सामुदायिक जंगलको व्यापक फडानी भएको छ ।

पाथिभरामा केबलकार निर्माणका लागि वन क्षेत्रमा पर्ने ४.९७ हेक्टर जमिनमा रहेको १० हजार २०० बढी रुख काटिएको दाबी स्थानीयले गरेका छन् । यति ठुलो संख्यामा रुख काट्न ढकालले सरकारी संयन्त्रको सहयोग बिना सम्भव नभएको स्थानीयको बुझाई छ । यहासम्मकी ताप्लेजुङका सांसद योगेश भट्टराईले केहि दिन अघि काठमाडौँमा पत्रकार सम्मेलननै गरेर केबलकार निर्माण गर्न दिनुपर्ने बताए । उनले केवल २११२ रुख कटान गरेको भन्दै ढकाल नेतृत्वको कम्पनिको पक्षमा वकालत गरे । केबलकारको २.७५ किमी क्षेत्र सामुदायिक वन क्षेत्रमा परेको र सो क्षेत्रको रुख कटान गरेर प्राकृतिक सम्पदाको ब्यापक दोहन भएकोमा राज्य मुकदर्शक मात्र बनेको छैन उल्टो त्यसमा सहयोगीको भूमिकामा देखिएको छ ।

पवित्र तिर्थस्थल पाथिभरामा ढकालको व्यावसायिक उद्देश्य पुरा गर्न गरिएको वन क्षेत्रको क्षति र स्थानीयलाई विश्वासमा नलिएर अगाडी बढ्दा अहिलेको अवस्था सिर्जना भएको स्थानीयले दाबि गरेका छन् । व्यापारिक प्रयोजनको लागि निजी कम्पनीलाई प्राकृतिक सम्पदाको दोहोन गराउनु र स्थानीयको भावनामा खेल्न राज्यले सहयोगीको भूमिका खेलिरहेको स्पष्ट देखिएको छ । अहिले राज्य प्रमुख धार्मिकस्थलमा चतुर वयवसायी चन्द्र ढकालको धार्मिक पर्यटनको  नाममा केबलकार, होटल व्यवसायलाई स्थापित गर्ने योजनामा सहयोगी बनेको देखिएको छ ।

एक व्यक्तिको व्यावसायिक मिसनका लागि पुरै राज्य संयन्त्र स्थानीयको भावना विपरित जानुलाई दुर्भाग्यपूर्ण भएको स्थानीयले विश्लेषण गरेका छन् । अहिलेसम्मको राज्यको व्यबहारले पुरै राज्य संयन्त्र चन्द्र ढकालको व्यावसायिक मिशनमा साथमा रहेको र स्थानीयको भावनाको विरोधमा रहेको स्पष्ट देखिएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय
वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध
२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य

ताजा

विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय

वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध

२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य

लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.