नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न, यस्ता कम्पनीमा रह्यो आकर्षण
काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा भएको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको १० औं संस्करण भव्यताका साथ सम्पन्न भएको छ ।
फागुन ८ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको उक्त प्रदर्शनीमा विभिन्न देशका ३ सयभन्दा बढी कम्पनीका १५० बढी स्टलहरू रहेका थिए । प्रदर्शनीमा निर्माण सम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब-डिलरहरू र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको जानकारी गराएका थिए ।
प्रदर्शनीमा समेटिएका सामग्रीहरू
प्रदर्शनीमा कन्स्ट्रक्शन मेटेरियल्स, कन्स्ट्रक्शन मेसिनरी, प्रिफ्याब स्ट्रक्चर, युपिभिसी विन्डोज मेसिनरी, युपिभिसी प्रोफाइल, डोर्स एण्ड विन्डोज, आर्किटेक्चर हार्डवेयर, बाथरुम फिटिङ्स, पाइप, टायल्स एण्ड स्यानिटरी वेयर, रुफिङ, प्रि-इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स, विन्डोज लगायतका सामग्रीहरू प्रदर्शनीमा राखिएका थिए ।
यति पार्क्वेट एण्ड फर्निचर प्रालि लिमिटेडको सहभागिता
यस प्रदर्शनीमा यति पार्क्वेट एण्ड फर्निचर प्रालि लिमिटेडले आफ्ना उत्पादनहरू प्रदर्शन गरेको थियो । कम्पनीले काठका उत्पादनहरूको परम्परागत अवधारणालाई नवीनतम प्रविधिसँग जोड्दै उत्कृष्ट डिजाइन प्रस्तुत गर्यो ।
घर, कार्यालय, सेमिनार हल तथा बैठक हलका लागि विशेष डिजाइनहरू उपलब्ध गराउँदै आएको यति पार्क्वेटले पर्यावरणमैत्री उत्पादनहरू निर्माण गरिरहेको छ । पार्क्वेट फ्लोरिङ प्राकृतिक रूपमा सिजन गरिएको काठबाट उत्पादन गरिन्छ जसमा साज, शेषम, सागौन, पाइन र युकेलिप्टस प्रयोग गरिन्छ ।
गोल्छा अर्गनाइजेसनको सहभागिता
यस प्रदर्शनीमा गोल्छा अर्गनाइजेसनको सामग्री पनि प्रदर्शन गरिएको थियो । ‘हुलास’ ब्रान्ड अन्तर्गत गोल्छा अर्गनाइजेसनले छानाका पानाहरू, एलुमिनियम, पोलहरू, संरचनाहरू, ग्याल्भेनाइज्ड तथा कालो ट्यूबहरू प्रदर्शन गरेको थियो ।
सन् १९८१ मा नेपाल र सिंगापुरको कमक्राफ्ट लिमिटेडबीचको संयुक्त उद्यमको रूपमा स्थापना भएको हुलास स्टीलले वातावरणमैत्री उत्पादनमार्फत दिगो विकासको लक्ष्य लिएको छ ।
नेपाल सेरामिक उद्योगको सहभागिता
नेपाल सेरामिक उद्योग प्रालि नेपालको पहिलो टाइल उत्पादन गर्ने कम्पनी हो । बारा जिल्लाको जीतपुर उपमहानगरपालिकामा रहेको यस उद्योगले किफायती मूल्यमा अन्तर्राष्ट्रिय स्तरका टाइल उत्पादन गर्दै आएको छ ।
अत्याधुनिक प्रविधिको प्रयोग गरी ग्राहकहरूको आवश्यकता अनुरूप नयाँ डिजाइन तथा आकर्षक सामग्री उत्पादनमा केन्द्रित रहेको नेपाल सेरामिक उद्योगले यस प्रदर्शनीमा आफ्नो उत्पादनहरू प्रस्तुत गरेको थियो ।
इन्टर-टेक समूहको सहभागिता
इन्टर-टेक समूहअन्तर्गत इन्टर-टेक प्रा.लि. सन् २०३५ सालमा स्थापना भएको थियो । यो बुटवल औद्योगिक क्षेत्रकै पहिलो उद्योग तथा रूपन्देही जिल्लाको पहिलो प्रालि कम्पनी हो ।
प्रारम्भमा हाइड्रोपावर टर्बाइन, सोलार ड्रायर, सोलार वाटर हिटर निर्माणबाट आफ्नो यात्रा सुरू गरेको इन्टर-टेक प्रालिले क्रमशः झोलुङ्गे पुलका पार्टस्, आयल ट्यांक, टावर, स्टिल फेब्रिकेशन लगायतका कार्यमा आफ्नो दक्षता प्रस्तुत गरिरहेको छ ।
नयाँ प्रविधिको प्रयोग गर्दै अन्तर्राष्ट्रिय गुणस्तरका उत्पादन प्रतिस्पर्धी मूल्यमा ग्राहकहरूलाई उपलब्ध गराउने इन्टर-टेक समूहको लक्ष्य रहेको छ । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी नेपाली निर्माण व्यवसायका लागि नवीनतम प्रविधि, उत्पादन तथा सेवाहरूको प्रवर्द्धन गर्ने एक महत्वपूर्ण मञ्च बनेको छ ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
