निर्देशक राजामौलीमाथि नजिककै साथीले लगाए दुर्व्यवहारको आरोप
काठमाडौँ । बलिवुडका चर्चित निर्देशक एसएस राजामौलीमाथि दुर्व्यवहारको आरोप लागेको छ । यी आरोपहरू निर्माता उप्पलापति श्रीनिवास रावले लगाएका हुन् । श्रीनिवासले राजामौलीमाथि आफूलाई यातना दिएको र आफ्नो जीवन बर्बाद गरेको आरोप लगाएका छन् । उनले उनी र राजामौली १९९० को दशकदेखि नै घनिष्ठ साथी रहेको समेत बनाएका छन् ।
श्रीनिवासको यो भिडियो माना स्टार्सले पोस्ट गरेको छ । भिडियोमा श्रीनिवासले भनेका छन्- ‘भारतका नम्बर एक निर्देशक एसएस राजामौली र रमा राजामौली मेरो अहिलेको अवस्थाका लागि जिम्मेवार छन् । उनले यो पब्लिसिटी स्टन्ट नभएको बताउदै भिडियोसँगै प्रहरी चौकीमा एउटा पत्र पनि पठाएका छन् ।
उनले एमएम कीरावनीदेखि चन्द्रशेखर येलेती र हनु राघवपुडीसम्म, सबैलाई आफु राजामौलीसँग वर्षौंदेखि कति नजिक छु भन्ने थाहा भएको बताएका छन् ।
श्रीनिवासले भिडियोमा राजामौली र उनको एक महिलासँग ‘त्रिकोणात्मक प्रेमकथा’ रहेको दाबी पनि गरेका छन् । राजामौलीले आफुलाई ति महिलाको माया त्याग्न भनेको बताउदै आफु त्यसका लागि सुरुमा म तयार नभएको र पछि तिनीहरूको लागि आफु पछि हटेको समेत बाताएका छन् । उनीहरूलाई आफुले यो विषय अरुलाई भनेको ठाने आफूमाथि यातना दिन थालेको आरोप लगाएका छन् ।
श्रीनिवासले भिडियोमा भनेका छन्, हामीले २००७ मा फिल्म ‘यमदोंगा’ मा सँगै काम गरेका थियौं । तर त्यसपछि उसले मेरो जीवन बर्बाद भयो । जबदेखि ऊ ठूलो मान्छे भयो, उसले मलाई धेरै यातना दिएको छ । म ५५ वर्षको छु र एक्लै बस्छु ।’
श्रीनिवासले प्रहरीलाई यस विषयमा जानकारी लिन र निर्देशक विरुद्ध कारबाही गर्न पनि अपील गरेका छन्।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

