Jankari Kendra
१३ आश्विन २०८३, मंगलवार
Worldlink

समिर भट्टको दोस्रो चलचित्र ‘बलिदान’ फूलपातीमा रिलिज हुने सन्तोष सेनको घोषणा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, १६
समिर भट्टको दोस्रो चलचित्र ‘बलिदान’ फूलपातीमा रिलिज हुने सन्तोष सेनको घोषणा

काठमाडौं । अभिनेता समिर भट्टको मुख्य भूमिका रहेको ‘बलिदान’ फूलपातीमा रिलिज हुने निर्माण सन्तोष सेनले घोषणा गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमा चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गर्दै उनले रिलिज डेट घोषणा गरेका हुन् ।

‘हाल बलिदानुको सम्पूर्ण प्रोडक्सन कार्य सम्पन्न भइसकेको छ, र हामी पोस्ट प्रोडक्सन प्रक्रियामा प्रवेश गरेका छौँ । चलचित्रलाई अझ उत्कृष्ट बनाउन दक्षिण भारतीय फिल्म उद्योगका प्रविधि र सीपको उपयोग गर्दैछौँ, जसका कारण रिलिजमा केही समय लाग्ने देखिएको छ । दशैँको आसपास चलचित्रको सम्पूर्ण काम पूरा हुनेछ,’ सेनले लेखेका छन्, ‘दशैँको फूलपातीका दिन कालीमातालाई यो जगतलाई दुःख दिने दानवरुपीको नाममा बली चढाउने परम्परा रहिआएको छ । संयोगवश, बलिदानको कथामा कालीमाताका अगाडि दानवी प्रवृत्तिका शोषकहरूको बलि दिने भावना समेटिएको छ । यही सन्दर्भलाई आत्मसात् गर्दै, ुबलिदानु २०८२ सालको फूलपाती (असोज १३) मा रिलिज गर्ने निर्णय गरेका छौँ ।’

गत वर्षको फूलपातीमा समिर अभिनित ‘१२ गाउँ’ प्रदर्शनमा आएको थियो । जुन उनको पहिलो चलचित्र थियो । चलचित्रले करिब २५ करोडको व्यापार गरेको निर्माता, निर्देशक र अभिनेतासमेत रहेका विराज भट्टले बताएका छन् । त्यसबेला ‘१२ गाउँ’ दीपकराज गिरीको ‘छक्का पञ्जा ५’ सँग जुधेको थियो ।

‘बलिदान’ पनि अशोक शर्माको ‘डबल ट्रिपल’ सँग जुध्ने भएको छ । ‘डबल ट्रिपल’ मा दयाहाङ राई, केकी अधिकारी, मेरुना मगरलगायतको मुख्य भूमिका छ ।

Top Changing Nepal

युट्युब सट्स