• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ बैशाख २०८३, आइतबार
०६ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय
  • १५ घण्टा 

वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध
  • १७ घण्टा 

२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य
  • १९ घण्टा 

लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
  • २० घण्टा 

नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न
  • २० घण्टा 

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
  • २१ घण्टा 

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
  • २४ घण्टा 

जन्ती बोकेको जिप हुँदा दुर्घटनामा चारको मृत्यु, १४ जना घाइते
  • २४ घण्टा 

देशभर मौसम बदली : पहाडमा चट्याङसहित वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
  • १ दिन 

लोकप्रिय समाचार

  • १. विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता : इएमटेक २०२६ र भीईसीभी प्रतियोगितामा नेपालको दोहोरो जित

  • २. काठमाडौँमा नयाँ वर्षदेखि रात्रिकालीन बस सेवा सुरु

  • ३. टिकटकद्वारा २०२५ चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक

  • ४. आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार

  • ५. डोङफेङको भोयाद्वारा नयाँ हुवावे हार्मोनीओएस, ८०० भि पिएचइभि र इभि संस्करणसहितको ताइशान एक्स८ एसयुभी सार्वजनिक

  • ६. सीजी ब्रान्डद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना “एक्सपेरियन्स लाइफ विथ सीजी” सार्वजनिक

  • ७. ४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटा दिने नेपाल टेलिकमको धमाकेदार नयाँ वर्ष अफर

  • ८. TikTok has releases 2025 Community Guidelines Enforcement Report

  • ९. आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु

  • १०. २०८३ वैशाख ०६ गते आईतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

सिद्धार्थ उद्योग वाणिज्य संघमा अधिकांश पदाधिकारी निर्विरोध

जानकारी केन्द्र २०८१, फाल्गुन, १७

भैरहवा ।  सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी फागुन २३ र २४ गते हुने ६६ औं साधारणसभा तथा अधिवेशनमा २९ पदको नयाँ नेतृत्व चयन हुने भएपनि वाणिज्य उपाध्यक्ष र सह कोषाध्यक्ष बाहेकका सबै पदाधिकारी निर्विरोध भएका छन ।

संघको अगामी २ वर्षे कार्यकालका लागि बिहीबार देखि निर्वाचनको कार्यक्रम सुरु भएकोमा अावश्यक पदका लागि  ४६ जनाको उम्मेदवारी परेको संघका कानुनी सल्लाहकार तथा मुख्य निर्वाचन अधिकृत अधिवक्ता शिव गौडेलले जानकारी दिए ।

उनका अनुसार निर्वाचन कार्यक्रममा अध्यक्ष पदका लागि नेत्र प्रसाद आचार्यको, बरिष्ठ उपाध्यक्षमा दिलीप कुमार कान्दु, उपाध्यक्ष (बाणिज्य) एक पदका लागि यमकला न्यौपाने, दिपक कुमार पौडेल र हरि बहादुर थापाको, उपाध्यक्ष (उद्योग)तर्फ गोविन्द प्रसाद ज्ञवाली,, उपाध्यक्ष (कर्पोरेट)मा रोकित कुमार अग्रवाल, महासचिबमा कृष्ण प्रसाद घिमिरे, सचिबमा मंगल भण्डारी, कोषाध्यक्षमा कमल प्रसाद मरासिनी र सह कोषाध्यक्ष १ पदका लागि संजय कुमार बेरिवाल र पल्लवी न्यौपानेको उम्मेदवारी परेको छ । यस्तै सदस्य तर्फ कर्पोरेटमा २ पदका लागि विकास कुमार गोयन्का र अर्पित कुमार अग्रवाल, वस्तुगत सदस्यमा प्रितम कुमार रौनियार, महिला सदस्यमा विष्णु माया शर्मा पौडेल निर्विरोध निर्वाचित भएका छन ।

पदाधिकारी तर्फ वाणिज्य तर्फको उपाध्यक्ष एक पदका लागि ३ जना र सह कोषध्यक्ष एक पदका लागि २ जनामा निर्वाचन हुने भएपनि अन्य पदमा निर्विरोध निर्वाचित हुने देखिएको छ । यस्तै वाणिज्य तर्फको महिला सदस्य एक पदका लागि सुनयना केसी गिरी र मीना पन्थीको उम्मेदवारी रहेको छ भने उद्योग खुल्ला तर्फ ५ पदका लागि ९ जनाको उम्मेदवारी रहेको छ । जस्म कमल ज्ञवाली, अभिनव थापा, कृतेश कुमार श्रेष्ठ, तेजेन्द्र यादव, दिपेन्द्र पौडेल, सृजना कार्की जोशी, ओम जैशी, रचना क्षेत्री र विजय अधिकारी प्रतिस्पर्धामा उत्रेका छन ।

यस्तै वाणिज्य तर्फ खुल्ला सदस्य १० पदका लागि १९ जनाको उम्मेदवारी छ । जस्मा पूजा आचार्य, सन्दीप कुमार अग्रहरी, विशाल जैसवाल, अभिनव मयुर कसौधन, रमेश घिमिरे, धर्मराज आचार्य, प्रमोद कुमार रिजाल,अर्जुन कार्की, रमेश कानु, कृष्ण प्रसाद अधिकारी, यजन्य प्रसाद बेलवासे, सुरेन्द्र यादव, विरेन्द्र ज्ञवाली, चन्दूकान्त भटराई, जवाहिर अग्रहरी, हरिश सेठिया, धर्मविर शर्मा , गंगा सागर अग्रहरी र प्रकाश रेग्मी प्रतिस्पर्धामा छन ।

२९ पदको निर्वाचन हुने समितिमा निवर्तमान अध्यक्ष पदेन सदस्य रहने र ३ जना सदस्य(उद्योग, वाणिज्य, पर्यटन) मनोनित गरी ३३ जनाको कार्यसमिती रहने छ । निर्वाचनको मिति नजिकिदै गएसँगै संघमा आबद्ध उद्योगी तथा व्यवसायी उम्मेदवार संघका सदस्यहरुको घरदैलोमा पुगिरहेका छन ।

केहीले सामाजिक संजाल फेसबुक मार्फत त केहीले पर्चा पम्पलेट वितरण गर्दै प्रचार प्रसारबाट भोट माग्न व्यस्त भएका छन् । निर्वाचन र मतपरिणाम आ–आफ्नो पक्षमा पार्न सामाजिक संजाल , म्यासेज तथा फोनबाट उम्मेदवार र आकाक्षीहरुले मतको जोड घटाउको कसरत गरिरहेका छन ।

अधिकांस पदाधिकारीको निर्विरोध भएकोले यस पटक अझै सम्म प्यानल बनाएर उम्मेदवारी घोसणा भएको छैन । आकाक्षी उम्मेदवारहरु समूह समूहमा प्रचार गरेका छन । आकाँक्षीहरु पूर्व अध्यक्ष तथा पदाधिकारीहरुसँग सहकार्य गर्ने, नियमित छलफल, आन्तरिक समूह बनाउने, वरिष्ठ उद्योगी ब्यबसायीसंग सरसल्लाह गर्ने, प्यानल बनाएर जाने की स्वतन्त्ररुपमा भिड्ने विषयमा दैनिक छलफल गरिरहेका छन । हाल सम्मको तथ्याङक र उम्मेदवारी अनुसार केही नयाँ अनुहार संघको नेतृत्वका आकांक्षा सहित प्रचार प्रसारमा लागेका छन ।

उद्योगी ब्यबसायी मात्र नभई हरेक बर्गले अहिले उद्योग बाणिज्य संघको आउँदो अधिबेशनका क्रममा हुने निर्बाचनलाई नजिकबाट नियाली रहेका छन् । निजी क्षेत्रको एकमात्र प्रतिनिधिमूलक संस्था सिद्धार्थ उद्योग बाणिज्य संघ नेपालकै पुरानो मध्येको एक हो । नेपाल उद्योग बाणिज्य महासंघको स्थापना हुँदाको संस्थापक सदस्य संस्थाको रूपमा यो संघ रहेको छ ।

विस २०११ सालमा संस्थापक अध्यक्ष मंगल सिंह शर्माको नेतृत्वमा स्थापित भैरहवा व्यापार मण्डलबाट सुरुवात भएको सस्था २०३१ सालमा भैरहवा उद्योग वाणिज्य संघ, सिद्धार्थनगर उद्योग बाणिज्य संघ हुदै सिद्धार्थ उद्योग वाणिज्य संघ भएको हो । यस संस्थामा हाल सम्म मंगल सिंह शर्मा, नथमल अग्रवाल, गिरधारी मित्तल, केसरदेव वेरिवाल, कृष्णमान शेरचन, रुद्रविलास तुलाचन, मथुरा प्रसाद वजिमय, माधवलाल श्रेष्ठ, सुधा नारायण मनान्धर, मोहन सिंह विजुक्छे, निधान चन्द्र श्रेष्ठ, धुव्रकुमार श्रेष्ठ, ओमकार गौचन, रामशंकर कान्दु, कृष्ण प्रसाद शर्मा, महेन्द्र कुमार श्रेष्ठ, विष्णु प्रसाद शर्मा,रामकुमार शर्मा, कुल प्रसाद न्यौपाने, भिष्म न्यौपानेले नेतृत्व प्रदान गरिसक्नु भएको छ । हाल ठाकुर कुमार श्रेष्ठले नेतृत्व गर्दै छन । वुटवल उपमहानगरपालिका बाहेक कार्यक्षेत्र रहेको यस सस्थाले थुप्रै सफल नेतृत्व निर्माण गरेको छ । यस संस्थाको सदस्यमा वस्तुगत तर्फ १०, कर्पोरेट तर्फ १२८, उद्योग तर्फ ५३३ र वाणिज्य तर्फ १४४१ सदस्य गरी कुल २११२ ले नविकरण गरेका छन ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य
लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

ताजा

विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय

वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध

२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य

लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.