• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२९ जेठ २०८३, शुक्रबार
२९ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?
  • १२ घण्टा 

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने
  • १२ घण्टा 

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत
  • ३ दिन 

सुनचाँदीको मूल्य आज पनि घट्यो
  • ३ दिन 

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना
  • ३ दिन 

चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार
  • ४ दिन 

एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा
  • ४ दिन 

सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक
  • ४ दिन 

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
  • ६ दिन 

लोकप्रिय समाचार

  • १. चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

  • ४. २४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

  • ५. आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

  • ६. सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक

  • ७. एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा

  • ८. चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार

  • ९. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • १०. सुनचाँदीको मूल्य आज पनि घट्यो

मुस्लिम धर्मावलम्बीहरुको रमजान आजबाट

जानकारी केन्द्र २०८१, फाल्गुन, १८

भैरहवा । मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजान आज आइतबारबाट सुरु भएको छ । धर्मग्रन्थ कुरआन अवतरित पवित्र महिनाको सुरुवातसँगै मुस्लिम धर्मावलम्बीहरुको पहिलो रोजा (ब्रत) सुरु भएको हो, आज बिहानै सेहरी लिएर रोजाको सुरुवात भएको छ । यो एक महिनासम्म निरन्तर हुन्छ ।

रमजान महिना अवधिभर राति पढिने विशेष नमाज ‘तराबीह’ पनि मस्जिदहरुमा शनिबारदेखि सुरु भएको  छ । इस्लामिक क्यालेण्डरअनुसार शनिबार साबान महिनाको अन्तिम तीसौ दिनमा चन्द्रमा देखिएपछि हर्षोल्लासका साथ रमजानको सुरुवात गरेका छन । कुरआन अवतरण भएको खुसियालीमा इस्लाम धर्मावलम्बीहरुले एक महिने कठोर व्रत अर्थात् रोजा बस्ने गर्छन् । इस्लामिक पात्रोका अनुसार हिजरी संवतको नवौं महिनालाई रमजान भनिन्छ ।

एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरुले उपवास (व्रत) बस्ने गर्छन जसलाई ‘रोजा’ पनि भनिन्छ । एक महिनाभरि बिहान सूर्य उदाएदेखि सूर्यास्त नहुँदासम्म प्रत्येक दिन पानी समेत नखाइ ब्रत बस्ने गर्छन् । सूर्य उदाउनुभन्दा लगभग दुई घन्टा अगाडि केही खानेकुरा (सेहरि) खार्ई सुरु गरिएको (व्रत) रोजा सूर्यास्त भइसकेपछि अफतारी (व्रत तोडनु)गरी रोजा खोलिन्छ । रोजाको समयमा मुसलमान निराहार यहाँसम्मकी जानेर थुक पनि निल्नु हुँदैन ।

रोजा जस्तो कठिन व्रत गर्ने व्रतालुले यस महिनालाई पवित्र महिनाका रूपमा लिएको पाइन्छ । रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ । तीस दिनको यो रमजान महिनालाई तीन भागमा बाँडिएको छ । पहिलो १० दिनको अवधिलाई बरक्कत (फलिफलाप), दोस्रो १० दिनको अवधिलाई रहमत (दया–माया) र अन्तिम १० दिनको अवधिलाई मगफिरत (अल्लाहबाट माफी) पाउने मुसलमानले यी तीन कुरा प्राप्त गर्न अल्लाहको आदेशलाई पालना गर्न रोजा बस्ने गर्छन् ।

रोजा बस्ने धर्मावलम्बीले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तराबीको नमाज पढ्ने गरिन्छ । तराबी भनेको कुरान पूरै कण्ठस्थ भएको धर्मगुरु हाफिजले पढाउने विशेष नमाज हो । हाफिजले यो महिनामा ३० खण्डमा रहेको कुरान तरावी पढ्ने नमाजीलाई नमाजमार्फत सुनाउनुपर्छ ।

झूटो नबोल्नु, शान्तिले बस्नु र गरिब तथा दीनदुःखीलाई दान र दया गर्नु यो पर्वको विशेषता हो । रमजान महिना गरिब, दिनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाका लागि विशेष व्यवस्था गरेका छन् ।

विशेष महिना रहेकोले अन्य समय भन्दा यो समयमा गरिएको दान धेरै महत्वपूर्ण मानिन्छ । जसकारण रमजानमा  प्रत्येक मुसलमानले जनही एक किलो ७५० ग्राम गहुँ वा सो बराबरको मूल्य फित्तरा निकाल्ने, वर्षभरिको आम्दानी र सम्पत्तिबाट अढाई प्रतिशत जकात (कर) निकाली गरिब असहाय, दिनदुःखी ,मस्जिद वा मदरसा दिने गर्छन । फितरा र जकात रमजानको अन्तिम दिन इदको नमाज पढ्नुभन्दा अगावै दिनुपर्ने मान्यता छ ।

बिरामी, वृद्धवृद्धा, असक्त, गर्भवती महिला र बालबालिकालाई व्रत अनिवार्य हुदैन । इस्लाम धर्मको पाँच स्तम्भमध्ये चार स्तम्भ यस महिनासँग जोडिएको छ । सोअन्तर्गत, अल्लाहप्रति विश्वास, नमाज, रोजा र जकात पर्छन् । पाँचौँ स्तम्भमा ‘हज’ भनिएको छ । रमजान महिनापछि आउने महिनालाई सव्वाल भनिन्छ । यसै सव्वाल महिनाको पहिलो दिन इस्लाम धर्मावलम्बीहरुले ईद–उल–फित्र अर्थात ईद पर्वका रूपमा मनाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
२०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
रामादा बाई विन्धाम इटहरीद्वारा गर्मीयामका लागि तीन आकर्षक मौसमी अफर सार्वजनिक

ताजा

फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

सुनचाँदीको मूल्य आज पनि घट्यो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.