आज अमेरिकी डलरको भाउ घट्याे, अन्य मुद्राको विनिमयदर कति पुग्यो ?
काठमाडौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । मंगलबार अमेरिकी डलरको भाउ २० पैसाले घटेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३९ रूपैयाँ ५० पैसा र बिक्रीदर १४० रूपैयाँ १० पैसा कायम गरिएको छ । सोमबार एक ओमरिकी डललको खरिददर १३९ रूपैयाँ ७० पैसा र बिक्रीदर १४० रूपैयाँ ३० रहेको थियो ।
मंगलबार यूरोपियन युरो एकको खरिदमूल्य १४५ रूपैयाँ ७८ पैसा र बिक्रीमूल्य १४६ रूपैयाँ ४१ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ८३ पैसाले बढेको हो । यसअघि सोमबार एक युरो खरिदमूल्य १४४ रूपैयाँ ९५ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ५८ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७६ रूपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रूपैयाँ २३ पैसा कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ८३ र बिक्रीदर ८७ रूपैयाँ २१ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ६९ पैसा र बिक्रीमा ९७ रूपैयाँ ११ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ २५ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ २९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ १३ पैसा तथा बिक्री दर १९ रूपैयाँ २१ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५६ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६० पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ २८ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ४४ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २० पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ३६ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३८ रूपैयाँ १५ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार ३१ रूपैयाँ २४ पैसा र बिक्रीदर ३१ रूपैयाँ ३७ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४५१ रूपैयाँ ७९ पैसा र बिक्रीदर ४५३ रूपैयाँ ७४ पैसा र बहराइन दिनार एकको खरिददर ३७० रूपैयाँ १० पैसा र बिक्रीदर ३७१ रूपैयाँ ६९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचार
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

