Jankari Kendra
२२ आश्विन २०८३, बिहीबार

परिसुचक २५ अंकले घट्दा १० अर्ब ९७ करोडको कारोबार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, २१
परिसुचक २५ अंकले घट्दा १० अर्ब ९७ करोडको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) पनि नेप्सेको ओरालो यात्रा कायमै रहेको छ । यसअघि पछिल्ला २ दिन उच्च अंकले घटेको नेप्से आज पनि २५.१६ अंकले घट्दै २८ सय २१.१३ को विन्दुमा ओर्लिएर रोकिएको हो ।

आज कुल ३ सय ८ कम्पनीका २ करोड ३३ लाख ४३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ९७ करोड २६ लाख नाघेको हो ।

आज कारोबारमा आएकामध्ये ट्रेडिङबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । जसका कारण आज १ सय ७४ कम्पनीको सेयरमूल्य घट्दा ६२ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ ।

Top Changing Nepal

युट्युब सट्स