• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ बैशाख २०८३, शनिबार
२६ बैशाख २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १७ घण्टा 

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
  • २२ घण्टा 

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि
  • २३ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २४ घण्टा 

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • १ दिन 

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट
  • १ दिन 

Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features
  • १ दिन 

२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह
  • २ दिन 

लोकप्रिय समाचार

  • १. देशभर पश्चिमी वायु, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : कहाँ–कहाँ आज छ वर्षाको सम्भावना ?

  • २. ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा

  • ३. भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै : एक हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

  • ६. सिजी मेरिडिया एआइ स्मार्ट एयर फ्रायर ६ महिनामै नेपाली भान्सामा लोकप्रिय

  • ७. आज तेस्रो प्रदेश भाषा दिवस, प्रदेशभर सार्वजनिक बिदा

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. सर्वोच्चको फैसला : पुनर्विवाह गर्ने महिलाले अंश फिर्ता गर्न नपर्ने

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८१ फागुन २४ देखि चैत ०१ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८१, फाल्गुन, २५

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा धैर्य वा पराक्रमी स्वभाव वृद्धि हुनुको साथै नयाँ कार्य कार्यन्वयन गर्नका लागि उचित समय रहेको छ । कार्य क्षेत्रमा आफूभन्दा ठूलाको सहयोग मिल्ला । साताको मध्यमा सन्तानको प्रगतिले मन हर्षित रहनेछ । विद्यार्थीहरूलाई भने शिक्षामा सफलता मिल्नुका साथै गुमाएको कार्य र नोकरी वा पेशामा गुमाएको स्थान स्थापित गर्नको लागि सङ्घर्ष गर्नुपर्ने योग रहेको छ । शत्रुहरू हावी हुनेछन्, सावधान रहनुहोस्।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा आफन्तहरूबाट सोचे अनुरुप सहयोग नमिल्नुका साथै व्यापार व्यवसायबाट पनि मनग्य लाभ नमिल्ने योग रहेको छ । साताको मध्यमा भने कार्य क्षेत्रमा आटेको कार्य समयमा सम्पादन गर्न सक्नुहुनेछ । कला वा साहित्यको क्षेत्रमा विशेष सफलता मिल्नेछ । साताको अन्तिममा माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । युवा वर्गहरुले आफ्नो करियरलाई लिएर कठोर निर्णय लिने समय रहेको छ । आफन्तहरूबाट टाढा हुने योग छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा मान सम्मानमा वृद्धि हुनेछ । आफन्तहरूबाट उपहार पाइएला । धर्म कर्ममा संलग्न भइएला । साताको मध्यमा सोचे अनुरुपको धनमा लाभ हुनेछ । प्रतिष्ठित कार्यले आफूलाई समाजमा चिनाउन सक्नुहुनेछ । साताको अन्तिममा भौतिक सुख सुविधा जुटाउनको लागि धन खर्च गर्नुपर्ने योग रहेको छ । नोकरी वा पेशामा पहिला लिएका निर्णयहरूको प्रशंसा हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा वैदेशिक रोजगारबाट विशेष लाभ प्राप्त हुनेछ । सवारी साधनमा धन खर्चका योग छन् । साताको मध्यमा नोकरी वा पेशामा योग्यताको उचित मूल्यांकन हुनेछ । कार्य क्षेत्रमा नयाँ कार्यको प्रस्ताव मिल्नेछ । साताको अन्तिममा व्यापार व्यवसायमा बोलीले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ । गृहणीहरूको गृहकार्यमा समय बित्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा आफुलाइ ऊर्जावान महसुस गर्नु हुनेछ । नयाँ कार्यमा मन लाग्नेछ । रमाइलो जमघटको बीच स्वादिष्ट भोजन गर्ने अवसर रहेको छ । साताको मध्यमा विगतका कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ । बिछोडिएका परिवारजनहरूसँग भेटघाट हुने योग देखिन्छ । साताको अन्त्यमा कार्य क्षेत्रमा आफूमाथि विश्वास राखी निर्णय लिनुहोला सफलता मिल्नेछ । विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नुका साथै रुचिको कार्यमा पनि मन जानेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा धन लाभ हुने योग रहेको छ । व्यापार व्यवसायमा नयाँ अवसरहरू आउनेछन् । विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्नेछ । साताको मध्यमा कार्य क्षेत्रमा श्रम अनुरूपको सफलता मिल्नेछ । नोकरी वा पेशामा नयाँ जिम्मेवारी मिल्नेछ । मन ऊर्जावान रहनेछ । साताको अन्तिममा माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आर्थिक पक्ष सामान्य रहनेछ । अध्ययनमा प्रगति हुनेछ । कार्य क्षेत्रलाई लिएर गरिएको यात्रा सफल रहनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा सकारात्मक विचारले मन प्रसन्न रहनेछ । धर्म कर्ममा मन लाग्नेछ । निभाउन नसक्ने वाचा नगरौँ । साताको मध्यमा पेट सम्बन्धी समस्या देखा पर्न सक्ला । खानपानमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । सवारी साधनमा धन खर्च हुनेछ । विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ । साताको अन्तिममा नोकरी वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ । मिडिया र चलचित्रको क्षेत्रबाट लाभ पाइनेछ । प्रतिस्पर्धी छात्रहरूलाई प्रतिस्पर्धामा सफलता मिल्नेछ । कार्य क्षेत्रमा नयाँ अवसरको लागि संघर्ष गर्नुपर्ला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
सप्ताहको प्रारम्भमा आर्थिक संकटहरूको सामना गर्नुपर्ने हुन सक्छ । घर परिवारमा कलहको वातावरण सिर्जना हुने योग देखिन्छ । व्यापार र नोकरी वा पेशामा अल्छीपनाबाट सकभर टाढै बस्नु उचित हुनेछ । साताको मध्यमा जीवनसाथीको कार्य क्षेत्रमा पदोन्नतिको योग रहेको छ । धर्म कर्ममा मन लाग्नेछ । साताको अन्तिममा नोकरी वा पेशामा उच्च अधिकारीहरूको सहयोग मिल्नाले कार्यहरू समयमा नै सम्पादन हुनेछन् ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा समाजमा मान सम्मानमा वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । साताको मध्यमा संगीत र कला क्षेत्रबाट प्रसिद्धि मिल्नेछ । नयाँ पहिरन र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । साताको अन्तिममा व्यापार विस्तारको लागि नयाँ रुपरेखा बन्नेछ । गृहणीहरूको धर्मकर्ममा रुचि बढ्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भिक समय अनुकूल रहेको छ । शिक्षाको क्षेत्रमा सोचे अनुरूप सफलता मिल्नेछ । साताको मध्यमा जग्गा जमिनमा गरिएको निवेशबाट आफ्नो भविष्य सुरक्षित गर्न सक्नुहुनेछ । कार्य क्षेत्रमा उन्नतिको अवसर मिल्नेछ । साताको अन्तिममा साझेदारी व्यापारमा हुनुहुन्छ भने सचेत भएर काम गर्नुहोला । घरको वातावरण सुखमय रहनेछ । जीवन साथीको स्वास्थ्यको विषयमा ध्यान दिनुपर्ने देखिन्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भ उत्तम रहनेछ । सञ्चित धनमा वृद्धीको साथै नयाँ कार्य हात लागिपर्ला । कार्य क्षेत्रमा शत्रुहरू परास्त हुनेछन् । साताको मध्यमा व्यापार व्यवसायबाट लाभ रहनेछ । विद्यार्थीहरूलाई अध्ययनमा शिक्षकको सहयोग प्राप्त हुनेछ । साताको अन्तिममा अनावश्यक धन खर्चका योग बनिरहेका छन् । आर्थिक कारोबारमा अनुभवीजनहरूको सल्लाह लिएर नयाँ निर्णय लिनुपर्ने हुन्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा आफन्तजनहरूबाट सहयोग मिल्नेछ । नयाँ कार्यको सुरुवात गर्नुभन्दा अघि घर परिवारमा सल्लाह अवश्य लिनुहोस् । साताको मध्यमा विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ । राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ । व्यापार व्यवसायमा पहिला गरिएको कार्यको चर्चा हुनेछ । साताको अन्तिममा कार्य क्षेत्रमा मेहनतले गर्दा लक्ष्य प्राप्ति गर्नमा सफलता पाइनेछ । अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला ।

– ज्याे. पं. धर्मेन्द्र कृष्ण पौडेल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.