होली पर्व सुरक्षित बनाउन रौतहटमा ५१३ प्रहरी परिचालन गरिने
रौतहट । असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा परापूर्वकाल देखि हिन्दूहरूले मनाउने होली पर्व आज पहाड र हिमालमा मनाईँदै छ । प्रत्येक बर्षको जस्तै होलिका दहन स्थानीय भाषामा ( समत जलाएको) भोली पल्ट अर्थात तराई मधेशमा हिन्दू समुदायले होलि पर्व भोली मनाउने छन् ।
रौतहटमा होली पर्व सुरक्षित रूपमा सम्पन्न गराउन ५१३ जना प्रहरी जनशक्ती परिचालन गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। भोली होली पर्वको दिन एसपी दिलीप घिमिरेको नेतृत्वमा ७ जना जनशक्ती परिचालन गरी कमाण्ड पोष्ट राखिने छ।
त्यसैगरी दुईजना डिएस्पीको १४ जना जनशक्ती सहित दुईवटा अनुगमन टोली परिचालन गरिने एसपी घिमिरेले बताएका छन्। ३ जना इन्स्पेक्टरको कमाण्डमा ५२ जना प्रहरी सहित रिजर्व टोली,३ जना इन्स्पेक्टर सहित ५२ जनाको कियु आर टी,३ जना इन्स्पेक्टर सहित ३४ जना प्रहरीको छुट्टाछुट्टै ३ चेकिङ टोली परिचालन गरिने योजना रहेको छ।
त्यस्तै ५२ जना प्रहरीको टोलीले ३ वटा मोबाईल गस्ती,३२ जना प्रहरी द्धारा मोटरसाईकल गस्ती,९ जना प्रहरी लाई बिशेष सूचना संकलनका लागि सादापोशाकमा खटाइने योजना रहेको एसपी घिमिरेले बताएका छन्।
त्यस्तै २५ जना प्रहरी द्धारा पैदल गस्ती ,१९० जना प्रहरी लाई पिकेट टोली र भोली बिहानै देखी जिल्लाको बिभिन्न स्थानमा ३६ जना ट्राफिक प्रहरी परिचालन गरिने योजना रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


