चीनले फेला पारयाे विश्वकै सबैभन्दा ठुलो सुनखानी, जसकाे मुल्य ८७ अर्ब डलर
बेइजिङ । यसपटक चीनको भाग्य सुनौलो रंगले चम्किरहेको छ किनभने चीनमा सुनको ठूलो भण्डार फेला पारिसकेको छ । यो सुन भण्डारमा करिब १ हजार मेट्रिक टन सुन रहेको अनुमान गरिएको छ । चीनले सन् २०२४ को अन्तिम महिनामा यो सुनौलो भण्डार फेला पारेको थियो, त्यसमा थप अपडेट आएको छ । तर, यो खोजमा केही प्रश्न पनि उठाइएको छ ।
तर यदी, चीनको यो दाबी सत्य साबित भयो भने यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा ठूलो सुनको भण्डार हुनेछ, जुन दक्षिण अफ्रिकाको दक्षिणी गहिरो खानीभन्दा पनि ठूलो सुनको भण्डार हुनेछ।
चिनियाँ माटोमा फेला परेको यो सुनको खजानाको मूल्य करिब ८३ अर्ब अमेरिकी डलर अर्थात ६०० अर्ब युआन रहने अनुमान गरिएको छ । जसका कारण चीनको अर्थतन्त्रलाई धेरै बल मिल्नेछ । यसबाहेक विश्वभर सुनको मूल्यमा पनि असर पर्न सक्छ ।
साइन्स अलर्टको रिपोर्टका अनुसार चीनको हुनान प्रान्तको भू–गर्भ ब्यूरोले पिङजियाङ काउन्टीमा २ किलोमिटर गहिराइमा ४० वटा सुन खानी फेला पारेको हो, जसमा करिब ३०० मेट्रिक टन सुन रहेको अनुमान गरिएको छ।
तर, त्यसक्रममा थ्रीडी मोडलिङ प्रविधि प्रयोग गरे पछि ३ किलोमिटर गहिराइसम्म थप धेरै सुनको भण्डार फेला परेको जनाइएको छ ।
जसका कारण यो सुनको भण्डारको कुल तौल १ हजार मेट्रिक टनसम्म पुग्न सक्छ । हाल, हुनान प्रान्तको भूगर्भीय प्रकोप सर्वेक्षण र अनुगमन संस्थानका प्राविधिकहरूले पिङ्क्सियाङ काउन्टीमा रहेको सुन खानीबाट नमूनाहरू जाँच गरिरहेका छन्।
हुनानको भूगर्भ ब्यूरोका अन्वेषक चेन रुलिनले एक विज्ञप्तिमा भने, ‘पिङ्जियाङ काउन्टीमा ड्रिलिङको क्रममा रक कोरमा सुन फेला परेको थियो। नमूनाहरू जाँच गर्दा प्रत्येक मेट्रिक टन अयस्कमा १३८ ग्रामसम्म सुन भेटियो।’
विश्व सुनको उत्पादनमा करिब १० प्रतिशत योगदान दिने चीन विश्व सुन बजारमा पहिले नै अग्रस्थानमा रहेको छ । अब नयाँ सुन भण्डार फेला पारे पछि यस्तो अवस्थामा चीनको योगदान निकै महत्वपूर्ण हुन्छ । चिनियाँ विज्ञहरू अझ यो पनि विश्वास गर्छन् कि धेरै ठूला सुन भण्डारहरू अझै पनि चीनको माटो भित्र लुकेका छन्।
सम्बन्धित समाचार
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
