• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ असार २०८३, सोमबार
१५ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर
  • १० घण्टा 

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम
  • १० घण्टा 

एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण
  • ११ घण्टा 

नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट
  • १२ घण्टा 

तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर
  • १२ घण्टा 

विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश
  • १६ घण्टा 

टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार
  • १७ घण्टा 

अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड
  • १७ घण्टा 

धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

  • ३. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

  • ५. रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि

  • ६. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ९. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • १०. अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने

नमूना पेट्रोल पम्पका लागि दूरि नपुग्दा पनि आर्थिक सेटिङ्गमा सडकले दिए पुगेको सिफारिस

जानकारी केन्द्र २०८१, चैत्र, १२

सिरहा । नमूना पेट्रोल पम्पका लागि दूरि नपुग्दा पनि आर्थिक सेटिङ्गमा सडक डिभिजन कार्यालय सिरहाले दूरि पुगेको सिफारिस गरेको पाईएको छ। नेपाल आयल निगमको बिराटनगर स्थित प्रादेशिक कार्यालय,सडक डिभिजन लहान, नापी कार्यालय लहानसमेतले भगवती ट्रेड सेन्टरका लागि दूरि नपुगेपनी मिलोमतोमा पुगेको सिफारिस गरेको तथ्य बहिरिएको हो ।

यी कार्यालयहरुले दिएको सिफारिसमा सखुवानन्कारकट्टी गाउँपालिका ३ मा रहेको एसपी आयल स्टोरदेखि नयाँ खोल्न लागिएको पम्प नवराजपुर गाउँपालिका १ भगवतिपुर तामासुइया सम्मको दूरि १० किलोमिटर एक सय मिटर रहेको उल्लेख गरिएको छ ।

नेपाल आयल निगम लिमिटेडको पेट्रोलियम पदार्थ विक्रेता विनियमावलि २०७५ को नियम १४ को १ (ग) मा एउटा नमूना पेट्रोल पम्पको विक्री स्थलबाट अर्को नमूना पेट्रोल पम्पको विक्री स्थलसम्मको दूरि दश किलोमिटर अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

पम्पका लागि दूरि मापन गर्दा भरपर्दो साधन प्रयोग गर्नुपर्ने कानुनी प्रावधान छ । तर, ती कार्यालयहरुले भने मोटरसाईकल र कारले नै दूरि नापेका थिए । दूरि नपुगे पनी पुगेको सिफारिस गरेपछी एसपी आयल स्टोरले ओडो मिटर लिएर दूरि नाप्दा सञ्चालित पम्प र खोल्न लागिएको नयाँ पम्पको दूरि ९.६८ किलोमिटर मात्रै पुगेको छ । तर, सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरमा सो पम्पका लागि दूरि नपुग्दा पनि दूरि पुगेको सिफारिस दिइएकोले आर्थिक चलखेल भएको पुष्टि हुन्छ।

सडक डिभिजन लहानका प्रमुख आशुतोष कर्णले पनि कार र मोटरसाइकलले दूरि नापेको स्वीकार गरे । सडक डिभिजन कार्यालयबाट दूरि पुगेको भन्दै फागुन ८ मा दिइएको सिफारिसमा कार्यालयका इन्जिनियर संजीव कुमार दासको हस्ताक्षर छ ।

नापी कार्यालय, लहानले पनि मोटरसाइकल लिएर नाप गरेको जनाइएको छ । फागुन १८ मा नाप पुगेको सिफारिस दिने कार्यालयका कर्मचारी इन्द्रनारायण यादव भन्छन्, ‘हामीसँग नाप्ने अन्य श्रोत साधन छैन, त्यसैले मोटरसाइकलले नै नाप्यौं, हामीभन्दा पहिल्यै सडकले सिफारिस दिएको थियो, त्यसलाई पनि आधार मानेर सिफारिस दियौं ।’

तर, ती कार्यालयबाट दूरि नाप जाँचका लागि आएका कर्मचारीहरुले पनि ओडो मिटर लिएर नापेको स्थानिय रुपचन्द्र यादवले बताए। उनले भने, ‘दूरि नपुगेपछि मोटरसाइकल र कारले नापेका थिए । मोटरसाइकल र कारले नाप्दा पनि दूरि नपुगेको र तर केही समयपछि दूरि पुगेको भनेर सिफारिस दिइएको सुनेको बताए ।’

सडक डिभिजन लहान हेर्ने झापाको दमकस्थित संघीय सडक अनुगमन तथा निरीक्षण कार्यालयका प्रमुख विनोद मौवारले दूरि नपुगेको खण्डमा त्यसरी सिफारिस दिन मिल्दैन। आफूले यस विषयमा थप बुझ्ने प्रतिक्रिया दिए ।

यस विषयमा दूरि नपुग्दा पनि पुगेको सिफारिस दिइएको भन्दै एसपी आयल स्टोरको तर्फबाट फुलोदेवी यादवले फागुन १८ मा नेपाल आयल निगमको आपूर्ति तथा वितरण विभाग, टेकुमा उजुरी पनि दिएका छन् ।

नेपाल आयल निगमको प्रादेशिक कार्यालय, बिराटनगरका प्रमुख पुष्कर कार्कीले उजुरी आइसकेपछि आफू पनि यस विषयमा थप बुझिरहेको बताए ।

नेपाल आयल निगमका केन्द्रीय प्रवक्ता मनोज ठाकुरले अहिलेसम्म दूरि पुगेको भन्ने कुरा नै आएको र नपुगेको खण्डमा पम्पलाई विक्रेता नियुक्त नगरिने बताएका छन् । ‘अहिलेसम्म हामीसँग दूरि पुगेको भन्ने नै छ,’ उनले भने, ‘यदि पुग्दैन भने पम्प हुँदैन ।’

नयाँ खोल्न लागिएको नमूना पम्पका सञ्चालक हुन्, नवराजपुर गाउँपालिका १ का धनपति दास । उनी नेपाल आयल निगमकै कर्मचारी रहेका चितरञ्जन दासका बुवा हुन् । चितरञ्जनसहित धनपतिका अन्य तीन छोरा पनि सरकारी जागिरे नै छन् ।

उनीहरुले दबाब प्रभाव र आर्थिक चलखेल गरेर पम्प खोलिरहेको स्थानीयहरु बताउँछन् । ‘एउटा छोरा आयल निगममै छन्, अन्य तीन पनि जागिरमै छन्, बुवालाई सञ्चालक राखेर जागिरमा कमाएको कालो धन पेट्रोल पम्पमा खन्याएर सेतो बनाउन खोज्दैछन्,’ एक स्थानीय भन्छन्, ‘पम्प खोल्न पनि व्यापक आर्थिक चलखेल भएको छ। कार्यालयपिच्छे नै लाखौं खर्च गरिएको छ ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर
ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम
एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

ताजा

सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम

एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.