एनआईसी एशिया बैंकले चैत २५ गतेदेखि ऋणपत्र निष्काशन गर्ने
काठमाडौं । एनआइसी एसिया बैंकले चैत २५ गतेदेखि ५० लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ५० लाख इकाई बिक्री खुला गर्न लागेको हो । जसमध्ये ४० प्रतिशत अर्थात २० लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने ६० प्रतिशत अर्थात ३० लाख इकाई प्राइभेट प्लेसमेन्ट गरिनेछ ।
उक्त ऋणपत्रमा छिटोमा चैत २८ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा २०८२ बैशाख ८ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
सर्वसाधारणलाई जारी हुने इकाईबाट ५ प्रतिशत अर्थात १ लाख इकाई भने म्युचुअल फन्डलाई छुट्याइएको बैंकले जानकारी गराएको छ । बैंकले १० वर्ष अवधि भएको ‘७ एआइसी एसिया डिबेन्चर २०९१’ निष्काशन गर्न लागेको हो । यसमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान हुने बैंकले जनाएको छ । लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
सम्बन्धित समाचार
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
