Jankari Kendra
२२ आश्विन २०८३, बिहीबार

आज देशभर सार्वजनिक विदा, सेयर बजारसहित बैंक–वित्तीय संस्था पनि बन्द हुने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, १७
आज देशभर सार्वजनिक विदा, सेयर बजारसहित बैंक–वित्तीय संस्था पनि बन्द हुने

काठमाडौं ।  सरकारले आज सोमबार (चैत १८ गते) सार्वजनिक विदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) को अवसरमा सोमबार सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । तसर्थ, यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

अब सेयर बजार चैत १९ गते मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ । बैंक–वित्तीय संस्था र सरकारी कार्यालयहरु पनि चैत १९ गते नै नियमित समयमा सञ्चालनमा आउनेछन् ।

Top Changing Nepal

युट्युब सट्स