पियोर इनर्जीले चैत २८ गतेदेखि आइपीओ बिक्री खुला गर्दै
काठमाडौं । पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि उब्त आइपीओ बिक्री खुला गरेको हो । प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।
कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ । क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । यो कम्पनीमा गोल्यान समूहको लगानी छ ।
यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । २० मेगावाटको सौर्य उर्जा क्षमताको भएको यसको परियोजना लागत २ अर्ब २ करोड ६० लाख रहेको रेटिङ एजेन्सीले जनाएको छ ।
कम्पनीले यसअघि स्थानीयलाई जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता सेयर बिक्री गरिसकेको छ । यस्तै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि पनि १ लाख ४४ हजार कित्ता सेयर बिक्री गरिसकेको छ ।
सर्वसाधारणको यस आइपीओमा वैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा नबिकेमा वैशाख ११ गतेसम्म आवेदन दिन सकिनेछ।
सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

