‘गोलकोण्डा ब्लु डायमण्ड’ ८० बर्ष पछि लिलामीमा जाँदै, ७०० करोडसम्म पर्न सक्ने
पेरिस । भारतको शाही सम्पदासँग जोडिएको हीरा ‘गोलकोण्डा ब्लु डायमण्ड’ पहिलो पटक लिलामीमा बिक्री हुने भएको छ । यो २३.२४ क्यारेटको शानदार नीलो हीरा हो, जुन प्रसिद्ध पेरिस ज्वेलरी डिजाइनरद्वारा सुन्दर औंठीमा सेट गरिएको छ।
यसलाई जेनेभाको क्रिस्टीज नामक एक लिलामी कम्पनीले मे १४ मा लिलामी गर्ने घोषणा गरेको छ । यसको मूल्य ४८० करोड देखी ६८८ करोड नेपाली मुल्य तथा अर्थात ३५ देखि ५० करोड अमेरिकन डलर सम्म रहन सक्ने अनुमान गरिएको छ । क्रिस्टीज भन्छन् कि यस्ता विशेष र शाही हीराहरू विरलै बिक्रीमा आउँने गर्छन । यसअघि पनि उनले गोलकोंडाका केही ऐतिहासिक हीराहरू लिलाम गरिसकेका छन्, जस्तै, आर्कड्यूक जोसेफ, प्रिन्सी र विटेल्सबाक डायमण्ड।
यो नाशपाती आकारको हीरा भारतको राजतन्त्रसँग सम्बन्धित छ। क्रिस्टीजका अनुसार यो हीरा महाराजा यशवंत राव होल्कर (इन्दौर) सँग थियो। महाराजा यशवंत राव होल्कर सन् १९२०–३० को दशकमा आफ्नो विलासी र अन्तर्राष्ट्रिय जीवनशैलीका लागि विश्व परिचित राजाको रुपमा रहेका थिए।
खासमा यशवन्त रावका पिताले यो हीरा पेरिसको प्रसिद्ध ज्वेलरी ब्रान्ड इन्दोर पियर्स डायमण्ड्सबाट किनेका थिए। सन् १९२३ मा उनले चौमेटलाई २३ क्यारेट नाशपाती आकारको नीलो हीरा लगाएर ब्रेसलेट बनाएकी थिइन । र, सन १९९३ महाराजा यशवंत रावले माउबसलाई आफ्नो आधिकारिक जौहरी नियुक्त गरेका थिए र माउबुसेनले आफ्नो गहनालाई नयाँ डिजाइनमा परिमार्जन गरिदिए। उनले लामो नेकलेस बनाइन्, जसमा गोलकोंडा ब्लू र इन्दौर पियर्स दुवै समावेश थियो।
हिराको राजा भनेर चिनिने अमेरिकी जौहरी ह्यारी विन्स्टनले सन् १९४६ मा इन्दोर पियर्स र १९४७ मा ब्लू डायमण्ड किनेका थिए। पछि उनले यसलाई ब्रोचमा राखेका थिए । यसमा २३ क्यारेटको सेतो हीरा पनि थियो। यो ब्रोच पछि बडोदाका महाराजाले किनेका थिए। र, पछि ह्यारी विन्स्टनले यसलाई फेरि किनेका थिए र नयाँ डिजाइनको साथ फेरि बेचेका थिए। अहिले झण्डै ८० वर्षपछि फेरि सार्वजनिक रूपमा लिलामी हुन लागेको हो ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
