०१ फागुन २०८२, शुक्रबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media

कैटी पेरी बनिन अन्तरिक्ष यात्रा गर्ने पहिलो गायिका

न्युयोर्क । चर्चित पप गायिका कैटी पेरी आजकल धेरै नै हेडलाइन बनि रहेकी छिन्, तर उनको यो चर्चा परिचर्चा पहिला झै कुनै गीतको लागि भने होइन । यो चर्चा परिचर्चा उनको अन्तरिक्ष यात्राको कारण हो ।

पप स्टार कैटी पेरीले आफ्नो सबै महिला टोलीसँग अन्तरिक्ष यात्रा गरेकी छिन र त्यसो गर्ने पहिलो गायिका बनिन्। उनको क्याप्सुल सुरक्षित रूपमा पृथ्वीमा अवतरण भयो, त्यसपछि उनले आफ्नो अनुभव पनि सुनाएकी छिन् । कैटी पेरी अन्तरिक्ष यात्राबाट फर्कने विश्वकै पहिलो पप कलाकार बनेकी छिन् । उनले अर्बपति जेब बेजोसको स्पेस कम्पनी ब्लू ओरिजिनमार्फत यो उपलब्धि हासिल गरेकी हुन् ।

‘फायरवर्क’ र ‘क्यालिफोर्निया गर्ल्स’ गायिकालाई ब्लू ओरिजिन अन्तरिक्ष यानमा पृथ्वीको सतहबाट ६० माइल अर्थात १०० किलोमिटर भन्दा बढी उचाइमा लगेर फर्काएको थियो । कैटी पेरी अन्तरिक्ष यात्राका लागि गएको  ‘ब्लु ओरिजिन मिसन’की महिला सदस्य थिइन् । उनको १४ मिनेटको अन्तरिक्ष यात्रा सारा विश्वले हेरेको थियो । उनीसँगै यस अभियानमा थप पाँच जना महिला पनि संलग्न थिए ।

अन्तरिक्ष यात्रामा जानुअघि गायिकाले आफू सानैदेखि अन्तरिक्ष यात्रामा जान चाहने उनको सपना थियो, जुन अहिले आएर  साकार भएको बताइन् । आफ्नो अन्तरिक्ष यात्राबाट फर्कने बित्तिकै उनले पहिले पृथ्वीलाई चुम्बन गरिन र त्यसपछि अगाडि बढिन्। १४ मिनेटको यात्रामा उनले आफ्नो लागि केही विशेष सामान पनि लिएकी थिइन् । उनले यस यात्रामा आफ्नी छोरी डेजीलाई साथमा लैजान सकिनन्, त्यसैले उनले आफ्नो साथमा वास्तविक डेजी फूल लिएर गएकी थिइन् ।

कैटी पेरीको बारेमा कुरा गर्दा उनले आफ्नो गायन करियर २००१ मा सुरु गरेकी थिइन् र आज गायन उद्योगमा शीर्ष गायिकाहरू मध्ये उनी पनि एक हुन्। उनका म्युजिक एल्बम र एकल गीत सबैभन्दा धेरै बिक्रि हुने गीतहरु हुन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

लोकप्रिय

मतदाता नामावलीमा आफ्नो नाम कसरी हेर्ने ?

२०८२ माघ २७ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ २८ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ताजा

आज विश्व प्रेम दिवस मनाइदै, के हो यसको महत्व र इतिहास ?

परिचयपत्र हरायो ? यी सरकारी कागजातले पनि गर्न सकिन्छ मतदान

२०८२ फागुन ०२ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

एन आई सी एशिया बैंकद्वारा ६.९९ प्रतिशत स्थिर ब्याजदरमा रू. १० करोडसम्मको ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • आज विश्व प्रेम दिवस मनाइदै, के हो यसको महत्व र इतिहास ?
  • परिचयपत्र हरायो ? यी सरकारी कागजातले पनि गर्न सकिन्छ मतदान
  • २०८२ फागुन ०२ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल
  • एन आई सी एशिया बैंकद्वारा ६.९९ प्रतिशत स्थिर ब्याजदरमा रू. १० करोडसम्मको ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक
  • कस्तो छ आजको मौसम पूर्वानुमान ?

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.