नेप्से परिसूचकमा उच्च अंकको वृद्धि
जानकारी केन्द्र
२०८२, बैशाख, ४
काठमाडौँ । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बढ्दै बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से अन्तिम समयमा २८.९७ अंकले बढ्दै २७ सय २५ को विन्दुमा पुगेर रोकिएको हो ।
आज कुल ३ सय ११ कम्पनीका २ करोड ३७ लाख बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ७९ करोड ७३ लाख माथि पुगेको छ । आज कारोबारमा आएकामध्ये सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमध्ये आज लगानी समुहको परिसुचक भने सबैभन्दा बढी ३ प्रतिशतले उकालो लाग्दा बैंकिङ समुहको परिसुचकमा १.२६ प्रतिशतको वृद्धि देखिएको छ ।
आज कारोबारमा आएकामध्ये १ सय ८७ कम्पनीको सेयरमूल्य बढ्दा ५९ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज हिमालयन पावर पार्टनरको सबैभन्दा बढी अर्थात १ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
