Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

उच्च मुल्यबाट तोलामा आठ सयले घट्यो सुनको भाउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, बैशाख, ५
उच्च मुल्यबाट तोलामा आठ सयले घट्यो सुनको भाउ

काठमाडौं । सुनको मुल्य तोलामा ८ सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो ।

जसअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ कारोबार भएर एेतिहासिक मुल्य कायम भएको थियो ।

तर, चाँदीको मूल्य भने स्थिर रहेको छ । जसअनुसार बिहीबार झै आज पनि चाँदी प्रति तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स