रौतहटको छुट्टाछुट्टै तीन ठाउँमा आगलागी हुँदा लाखौंको क्षति
रौतहट । रौतहटको छुट्टाछुट्टै तीन ठाउँमा भएको आगलागी बाट लाखौंको धनमाल जलेर नष्ट भएको छ। जिल्लाको गौर, गरुडा र फतुवा बिजयपुर नगरपालिका अन्तर्गत शनिवार राती भएको आगलागीबाट लाखौंको क्षती भएको हो।
गरुडा–६ पोठियाही बस्ने बिगन साहको टालीको छानो भएको पराल, भुष र दाउरा राखिएको कच्ची घरमा गए राती पौने ९ बजे अचानक आगोलागी भएको थियो।
आगोलागी बाट मानबिय चौपाया क्षेती नभए पनि घर भित्र राखिएको पराल , भुष र दाउरा पुर्ण रुपमा जली १ लाख ५० हजार बराबरको क्षती भएको जिल्ला प्रहरीका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले न्युज कारखानालाई बताएका छन्। घटनाको खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय शिवनगरबाट बरिष्ठ सई राजेश सिंहको कमाण्डमा खटिएको टोली स्थानिय र दमकलको सहयोगमा सवा १० बजे आगलागी पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
त्यस्तै गएराती सवा १२ बजेको समयमा फतुवा बिजयपुर–८ बिजयपुर टोल स्थित स्थानिय जफरुल महमदको फुसको छानो भएको भैंसी बाध्ने गोठ र किचेनमा अचानक आगलागी भएको थियो। आगलागीबाट गोठमा रहेको एकथान भैसी ९० हजार बराबरको जली मृत्यु भएको र किचेनमा राखेको अन्नपात गरी कुल १ लाख ५० हजार बराबरको क्षेती भएको जिल्ला प्रहरी सहप्रवक्ता इन्स्पेक्टर साहले बताएका छन्।
आगलागीको खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट असई सिताराम चौधरीको कामाण्डमा खटिएको ७ जनाको टोली , र स्थानिय मिली राती १ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो।उक्त आगलागीबाट गोठ र किचेन पुर्ण रुपमा जलेर नष्ट भएको छ।
त्यस्तै गौर–४ टिकुलिया बस्ने महेन्द्र सहनीको घरमा आज बिहान पौने ५ बजे आगलागि भएको थियो। बाँसको टाटी र खरले बनेको कच्ची गोठ घरमा अचानक आगलागि हुदा पुर्ण रुपमा जली ८० हजरा बराबरको क्षेती भएको छ।
खबर प्राप्त हुना साथ अस्थायी प्रहरी पोष्ट बसपार्क गौरबाट बरिष्ट हवलदार संजय पासवानको कमाण्डमा खटिएको टोली स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
सम्बन्धित समाचार
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

