Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

रजनीकान्तसँगै जेलरः२ मा देखिनेछन् साउथका आधा दर्जन सुपरस्टार

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, बैशाख, १८
रजनीकान्तसँगै जेलरः२ मा देखिनेछन् साउथका आधा दर्जन सुपरस्टार

हैदाराबाद ।  साउथ सुपरस्टार र थलाइवा भनेर चिनिने रजनीकान्तको सन २०२३ मा फिल्म ‘जेलर’ले सफलताका धेरै रेकर्ड बनाएको थियो ।

यही सफलतावाट उत्साहित भएर अब जेलरको सिक्वेल बनिरहेको छ र यो फिल्म यही वर्षको डिसेम्बर ३१ मा विश्वभर रिलिज हुने बताइ सकिएको छ ।

थलाइवाको यो फिल्मले पनि नयाँ कीर्तिमान बनाउन लागेको कुरा जेलर २ को शानदार टिजरले देखाइसकेको छ । पोङ्गल र मकर संक्रान्तिको शुभ अवसरमा जनवरी १४ मा टिजरमार्फत फिल्मको घोषणा गरिएको थियो ।

टिजर रिलिज हुने बित्तिकै सामाजिक सञ्जालमा निकै चर्चा र रजनीकान्तको सिन निकै नर्भा इरल भयो र फ्यानहरु आफ्नो मनपर्ने स्टारलाई जेलरको रुपमा फेरी पनि हेर्न आतुर देखिए ।  नेल्सन दिलीप कुमारको निर्देशनमा बन्न लागेको ‘जेलर २’ मा पनि दर्शकले जबरदस्त एक्सन र थ्रिलर सिन देख्न पाउनेमा अब कुनै शंका छैन ।

खासमा जेलरः २ को सुटिङ मार्च ९ मा चेन्नईबाट सुरु भएको छ र अब यो छिट्टै प्याकअप हुने र फिल्मको पोस्ट निर्देशनमा काम गरिने बताइएको छ। जेलर २ को कास्टिङको कुरा गर्दा रजनीकान्तसँगै बालकृष्ण उर्फ ​​बलैया, मिर्ना मेनन, शिव राजकुमार, मोहनलाल, फहद फासिल, राम्या कृष्णन, योगी बाबु लगायतका कलाकारको अभिनय रहने भएको छ । फिल्ममा एसजे सूर्या पनि विशेष भूमिकामा देखिनेछन् ।

जेलरः २ मा रजनीकान्त नायकको भूमिकामा देखिएका छन् तर यसका साथसाथै फिल्ममा खलनायकको भूमिकामा को हुनेछ भन्नेमा पनि फ्यानहरूको उत्तिकै उत्सुकता रहेको छ । फिल्ममा मुख्य खलनायकको भूमिका फहद फासिलले निभाउन सक्ने बताइएको छ ।

फहद फासिल यसअघि रजनीकान्तसँग फिल्म ‘वेट्टियान’मा पनि देखिएका थिए । तपाईलाई बताउ कि जेलरः पार्ट वन २०२३ मा रिलिज भएको थियो र यसले साउथ इन्डस्ट्रीमा हलचल मच्चाएको थियो। यो फिल्म रजनीकान्तको करियरको दोस्रो सर्वाधिक कमाउने फिल्मको रेकर्ड पनि बनाएको थियो ।

यस्तो अवस्थामा, फ्यानहरू रजनीकान्तको जेलर २ को उत्सुकताका साथ पर्खिरहेका छन् र निर्माताहरू पनि यसले ठूलो नाफा कमाउने आशा गरिरहेका छन्।

Top Changing Nepal

युट्युब सट्स