• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ जेठ २०८३, शुक्रबार
०८ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने
  • ७ घण्टा 

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल
  • ८ घण्टा 

पाँचथरको याङवरकमा बाढीपहिरो : सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति
  • ९ घण्टा 

कामना सेवा विकास बैंकद्वारा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ लाई शैक्षिक सामग्री वितरण
  • १० घण्टा 

आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
  • १२ घण्टा 

सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने
  • १३ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १३ घण्टा 

‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
  • १ दिन 

२०८३ जेठ ०९ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ३. पोखरामा बजाज चेतक ईभीको विस्तार, प्रिमियम विद्युतीय यात्रातर्फ अर्को कदम

  • ४. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ५. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ६. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ७. २०८३ जेठ ०३ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. २०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

चलचित्र ‘शिवांश: च्याप्टर १’ को निर्माण घोषणा, शक्ति संघर्षको कथा प्रस्तुत हुने

जानकारी केन्द्र २०८२, बैशाख, १८

काठमाडौं । नेपाली चलचित्र ‘शिवांश’ को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माणपक्षले बुधबार फस्टलुक सार्वजनिक गर्दै ‘शिवाशं: च्याप्टर १’ निर्माणको घोषणा गरेको हो ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने यो चलचित्रको निर्देशन सन्तोष कुमार आत्रेयले गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो ।

चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा देखिनेछन् भने विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला लगायत कलाकारहरूको पनि अभिनय रहनेछ ।

चलचित्रको कथा अञ्जान केसीले लेखेका हुन्, जो यसका निर्माता पनि हुन् । सह-निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन्। पटकथा भने बारत लिम्बुले तयार पारेका छन् ।

सार्वजनिक पोस्टरमा प्रमुख कलाकार प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएको अवस्थामा देखिएका छन् । अनुहारको आधा भाग मात्र देखिएको उक्त दृश्यमा उनी विरोधीको नियन्त्रणमा परेका छन् भन्ने आभास हुन्छ । पोस्टरमा एक व्यक्तिको अगाडि सिंगो गाउँमा आगो लागेको दृश्य देखिन्छ, जसले चलचित्र शक्ति संघर्षमा आधारित रहेको संकेत गर्दछ । तर कथावस्तुबारे निर्माणपक्षले थप विवरण सार्वजनिक गरेको छैन ।

चलचित्रमा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहनेछ । गीत लेखनमा राजनराज शिवाकोटी र विप्लव प्रतीक छन् । स्वर राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको रहनेछ ।

यो चलचित्रमा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन हुनेछ भने नृत्य निर्देशन विक्रम चोहानले गर्नेछन् । सिनेमाटोग्राफी सरद महतोको रहने चलचित्रको मुख्य सहायक निर्देशक बारत लिम्बुको हुन् । स्क्रिप्ट डक्टरको रूपमा सुलक्षण भारती, कार्यकारी निर्माता सम्भू थापा छन् ।

विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर रहेको चलचित्रमा आदेश सुब्बा भीएफएक्स प्रोड्युसरको भूमिकामा रहनेछन् । कस्ट्युम कमल मिश्रले तयार गर्नेछन् भने मेकअप आर्टिस्ट (एमयूए) तुलसा लिम्बू हुनेछिन् ।

पोस्टर फोटोग्राफी युवाहाङ राईले गरेका हुन् भने आर्ट डिरेक्टर तथा प्रोडक्सन डिजाइनर प्रतीक चौधरी रहेका छन् । प्रोडक्सन म्यानेजरको रूपमा मिलन मानन्धर रहनेछन् ।

‘शिवांश: च्याप्टर १’ आउँदो असोज २४ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको पोस्ट–प्रोडक्सन कार्य चलचित्र चौतारीले गर्नेछ भने वितरणको जिम्मा डिजिटल सिनेमा नेपाल (डीसीएन)ले लिएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
मिस नेपाल २०२६ का लागि आवेदन खुला
रमादा इटहरीमा उल्लासपूर्ण नयाँ वर्षको रोमान्चक रात

ताजा

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल

पाँचथरको याङवरकमा बाढीपहिरो : सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति

कामना सेवा विकास बैंकद्वारा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ लाई शैक्षिक सामग्री वितरण

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.