कोलस्ट्रोल घटाउने प्राकृतिक उपाय : सागपात र फलफूलका चमत्कारी फाइदा
काठमाडौं । रगतमा कोलस्ट्रोलको मात्रा बढ्नु न केवल मुटु रोगको प्रमुख कारण हो, यो क्यान्सर हुने सम्भावनालाई समेत बढाउने खतराको रूपमा लिइन्छ । चिकित्सकहरू भन्छन्- शाकाहारी आहार नै कोलस्ट्रोल नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी उपाय हो ।
शाकाहारी खाद्यपदार्थमा कोलस्ट्रोल बढाउने तत्व न्यून हुने भएकाले यस्तो आहार स्वास्थ्यका दृष्टिले लाभदायक मानिन्छ । विपरित, मासु, कलेजो, अन्डाको पहेँलो भाग, दूध, घिउ, मख्खन जस्ता खाद्यपदार्थ अत्यधिक कोलस्ट्रोलयुक्त भएकाले तिनको सेवन सिमित गर्नु उपयुक्त हुन्छ ।
स्वस्थकर बोसोको स्रोतका रूपमा सूर्यमुखी, मकै, भटमास तथा शुद्ध तोरीको तेललाई मिलाएर प्रयोग गर्न चिकित्सकहरूको सुझाव छ । त्यस्तै, काजु, बदामजस्ता नट्सले पनि शरीरलाई आवश्यक बोसो प्रदान गर्छन् ।
बोसोको मात्रा कम हुने माछा, कुखुरा र टर्कीको मासुको सेवन स्वास्थ्यको दृष्टिले तुलनात्मक रूपमा सुरक्षित मानिन्छ । यद्यपि खसी, बोका, च्यांग्रा, बंगुर, भेडा र बँदेलको मासुमा अत्यधिक स्याचुरेटेड फ्याट पाइने भएकाले यसको प्रयोग सीमित गर्नुपर्नेमा स्वास्थ्य विज्ञहरूको जोड छ ।
दैनिक भोजनमा तेलको प्रयोग न्यून गरी दाल, भटमास, सिमी, मटर जस्ता प्रोटिनयुक्त शाकाहारी वस्तुको सेवन बढाउन सकिन्छ । साथै सागपात, हरियो तरकारी, फलफूल, गहूँ, चामल र दालजस्ता पोषणयुक्त आहार शरीरको समग्र स्वास्थ्य सुधारमा प्रभावकारी मानिन्छ ।
विशेषज्ञहरूका अनुसार माछाको तेल, ओखर, कागती, बदामजस्ता प्राकृतिक स्रोतबाट तयार गरिएका खाद्यपदार्थले पनि कोलस्ट्रोल सन्तुलनमा मद्दत पुर्याउँछन् । यसरी, खानपान र जीवनशैलीमा थोरै सचेतनाले मुटु तथा क्यान्सरसम्बन्धी जोखिमबाट जोगिन सकिन्छ । स्वस्थ शरीर र दीर्घायुमय जीवनका लागि हाम्रा भान्सामा समेत सचेत परिवर्तन आवश्यक भइसकेको देखिन्छ ।
सम्बन्धित समाचार
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

