१ करोड ५० लाख रुपैयाँ जरिबाना भएका फरार अभियुक्त अमित अग्रवाल पक्राउ
जानकारी केन्द्र
२०८२, बैशाख, २४
काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट विभिन्न आर्थिक अपराधमा दोषी ठहर भई फरार रहेका अमित अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक (प्र.उ.) अपील राज बोहराका अनुसार अग्रवाललाई वैशाख २३ गते काठमाडौंको स्वयम्भू क्षेत्रबाट पक्राउ गरिएको हो।
अग्रवाल काठमाडौं महानगरपालिका–३० निवासी ४७ वर्षीय हुन्। उनीमाथि अदालतले विभिन्न मितिमा गरेका फैसलाहरू कार्यान्वयन नगरेको पाइएपछि उनलाई फरार अभियुक्तका रूपमा खोजी कार्य अघि बढाइएको थियो।
प्रहरीले अग्रवाललाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको जानकारी दिएको छ।
सम्बन्धित समाचार
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
माइडियाको दसैँ विशेष योजना – रु. ३७,७०० सम्म क्यासब्याक र आकर्षक उपहार
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
“एक्सपेरीयन्स लाइफ विथ सिजी : भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” सिजी स्मार्ट घरायसी उपकरण द्वारा दशैं-तिहार लक्षित महायोजना सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

