४० लाख नगदसहित बिशालबजारवाट २ हुन्डी कारोबारी पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रकमसहित भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत कलकत्ता यादवपुर घर भई काठमाडौं-२३ ओमबहाल बस्ने ६७ वर्षीय सुरज दत्त र रुपन्देही देवदह नगरपालिका घर भई चन्द्रागिरि नगरपालिका-१५ तीनथाना बस्ने ६३ वर्षीय धर्मप्रसाद ढकाल रहेका छन्।
उनीहरूलाई काठमाडौं महानगरपालिका-२४ विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलाबाट मंगलबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए।
उनीहरूको साथबाट ४० लाख ३२ हजार ५०० रुपैयाँ रकम बरामद भएको बोहराले बताए। ‘हुन्डी कारोबारका लागि रकम दुरुपयोग भइरहेको सूचना पाएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ,’ बोहराले भने।
उनीहरूको साथबाट दुई थान मोबाइल, विभिन्न बचत तथा ऋण सहकारी संस्थाको हस्ताक्षर मात्र गरेको खाली चेक २ थान, चेकहरू १९ थान र पासबुक ११ थान बरामद भएको छ।
प्रहरीका अनुसार हुन्डी कारोबारले बैंक तथा वित्तीय कारोबारको दायित्व पूरा गरेको हुँदैन। राष्ट्र बैंकले लागू गरेको बैंकिङ प्रणालीभित्रबाट कारोबार नहुने भएकाले यस्तो कारोबारलाई ‘गैरकानुनी’ मानिएको हो।
नेपालमा बस्ने तर भारतीय व्यक्तिहरू समेत यो कार्यमा संलग्न हुने गरेका छन्। हतार-हतारमा कुनै कारोबार गर्नुपर्दा उनीहरू एजेन्टमार्फत् व्यक्ति-व्यक्तिका हातमा रकम पुर्याइदिने चाँजो मिलाउँछन्। ‘हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध माध्यम हो, दुबै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार गरिने गरिएको छ,’ बोहराले भने।
हुन्डीको प्रमुख स्रोत रेमिट्यान्सलाई मानिने गरिए तापनि नेपाल-भारत सीमामा यस्तो कारोबार गर्नेहरू अत्यधिक छन्। यस्तो कारोबार गर्नेहरूलाई राष्ट्र बैंकको वित्तीय ऐनका साथै सम्पत्ति शुद्धीकरण प्रयोजनार्थ समेत अनुसन्धान गरिने गरिएको छ।
सम्बन्धित समाचार
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
माइडियाको दसैँ विशेष योजना – रु. ३७,७०० सम्म क्यासब्याक र आकर्षक उपहार
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
“एक्सपेरीयन्स लाइफ विथ सिजी : भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” सिजी स्मार्ट घरायसी उपकरण द्वारा दशैं-तिहार लक्षित महायोजना सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

