रेड २ बन्यो यो बर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म
मुम्बइ । अजय देवगन र रितेश देशमुख अभिनित फिल्म ‘रेड २’ गत मे १ बाट थिएटरमा रिलिज भएको थियो। फिल्मले पहिलो दिनमा दुई दक्षिण भारतीय फिल्म रेट्रो र हिट ३ र बलिउड फिल्म भूतनीसँग टक्कर गर्नु परेको थियो ।
तर, ‘रेड २’ ले बक्स अफिसमा दमदार सुरुवात गरेको थियो र त्यसपछि यी सबै फिल्मलाई पछाडी छोडेर रिलिज भएको ६ दिनमै बजेटभन्दा कयौं गुणा बढी व्यापार गरेको थियो । यो फिल्मले भारतमा मात्रै नभई विश्वभर निकै चर्चा मच्चाएको छ । ‘रेड २’ ले रिलिज भएको ७ दिनसम्म विश्वभर कति कलेक्शन गरेको छ, यहाँ जानौँ ।
‘रेड २’ ले विश्वव्यापी बक्स अफिसमा धुम मच्चाइरहेको छ र उत्कृष्ट प्रदर्शन गरिरहेको छ । साताका दिनमा चलचित्रको कमाईमा कमी आएको भए पनि नयाँ चलचित्र बाहेक सबै चलचित्रले जाट र केशरी २ भन्दा राम्रो कमाई गरिरहेको छ । फिल्मको विश्वव्यापी कलेक्सनको कुरा गर्दा ‘रेड २’ ले विश्वभरबाट १०० करोडको आंकडा पार गरिसकेको छ।
उसले छैटौं दिनमा नै १०८.६५ करोड कमाएर यो आकडा पार गरेको हो । योसँगै फिल्मले रिलिज भएको एक साताअघि नै सय करोडको आँकडा पार गरेको छ ।
सैकनिल्कको एक रिपोर्ट अनुसार रेड २ ले मंगलबार मात्रै ६.७५ करोड रुपैयाँ कमाएको छ र यसको कुल नेट इन्डिया कलेक्सन ८५.५० करोड रुपैयाँ पुगेको छ। योसँगै यसले केशरी २ (८१.७९ करोड) को रेकर्ड तोडेको छ भने जाट (८७.६१ करोड) को सङ्कलनलाई पछाडि छाडेसकेको छ ।
बुधबार फिल्मले जाटलाई पराजित गर्दै वर्षको चौथो सर्वाधिक कमाउने फिल्म बनेको छ । यससँगै यसको अर्को लक्ष्य सिकिन्दर र स्काई फोर्स हुनेछ ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
