टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागले दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रमको कार्यक्रम संयोजकको जिम्बेवारी डा. रमेश पौडेललाई दिएको छ । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत रहेका डा. पौडल विश्वविद्यालयका सहप्रध्यापक हुन् ।
कार्यक्रम संयोजकका रुपमा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. खड्ग केसीले बिहीबार कार्यक्रम संयोजकका रुपमा डा. पौलेललाई स्वागत गरेका थिए । बिहीबार नै विश्वविद्यालयले एमफिल–पिएचडीका लागि भर्ना भएका चौथो व्याचका विद्यार्थीहरूकालागि स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा उपकुलपति प्रा.डा. केसीले विश्वविद्यालय, विभाग र अध्ययनका सन्दर्भमा विभिन्न पक्षका उदाहरणसहित प्रष्ट पारे । यो विषयको अध्ययनले नेपालको अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्धलाई थप बलियो बनाउन सक्दछ भन्ने धारणा उनले राखेका थिए ।
विभागीय प्रमुख अपेक्षा शाहले विभागका सन्दर्भमा विद्यार्थीहरूलाई आवश्यक पर्ने जानकारी प्रदान गर्दै डा.पौडेललाई स्वागत गरेकी थिइन् । पौडेलले विद्यार्थीहरूलाई आवश्यक ज्ञान आर्जन गर्न सक्ने अधिकतम राम्रो वातावरणका लागि क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सम्बन्धित समाचार
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
माइडियाको दसैँ विशेष योजना – रु. ३७,७०० सम्म क्यासब्याक र आकर्षक उपहार
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
“एक्सपेरीयन्स लाइफ विथ सिजी : भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” सिजी स्मार्ट घरायसी उपकरण द्वारा दशैं-तिहार लक्षित महायोजना सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

